ताजा खबर

टहोटे झाँकी रयालीमा चिउली पार्चे तमू समाज प्रथम, ताङतिङ दुधपोखरी तमू समाज द्धितिय

   २८ श्रावण २०७६, मंगलवार २०:०५      1,524 views

पोखरामा आज सम्पन्न भएको टहोटे रयालीमा सहभागी तमू समाज मध्ये उत्कष्ट झाँकीको पुरस्कार चिउली पार्चे तमू समाजले हात पारेको छ । उपाधीसँगै समाजले नगद १५ हजार सहित सम्मान पत्र र शिल्ड पनि पाएको छ ।

यस्तै द्धितिय पुरस्कार ताङतिङ दुध पोखरी तमू समाजले जितेको छ । समाजले पुरस्कार स्वरुप नगद १० हजार शिल्ड र प्रशंस पत्र पाएको छ भने तृतिय हुन सफल फूलबारी तमू समाजले नगद ५ हजार सहित प्रशंस पत्र र मायाको चिनो प्राप्त गरेको छ ।

यसैगरि बगर तमू समाज, तनहुँ तमू समाज र याङजाकोट तमू समाजले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । तीन वटै समाजले नगद ३ हजार सहित प्रशंस पत्र र मायाको चिनो पाएको छ ।

भने कार्यक्रममा घाँटु नाच प्रस्तुत गरेको आँधी खोला तमू समाज र झोरा नाच प्रस्तुत गरेको कोल्मा बाहाकोट तमू समाजलाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको छ । झाँकी रयालीमा तमू धि नेपालमा आवद्ध ४५ वटा तमू समाजले भाग लिएको थियो । कार्यक्रममा विभिन्न तमू समाजहरुका तर्फबाट नृत्य समेत प्रस्तुत गरिएको थियो ।

यसैबीच तमू धि नेपालले सञ्चालन गरेको आकस्मिक राहत कोषमा बगर तमू समाजका संस्थापक अध्यक्ष रक्षाबहादुर गुरुङले नगद १ लाख प्रदान गर्नुभएको छ । भने सिमपानी तमू समाजको तर्फबाट अध्यक्ष गंगाबहादुर तमूले ५० हजार, पैयु खोला तमू समाजको तर्फबाट अध्यक्ष बलबहादुर तमूले ५० हजार र फूलबारी तमू समाजको तर्फबाट अध्यक्ष तिलबहादुर तमूले ५० हजार नगद तमू धि नेपालकी अध्यक्ष कर्म तमूलाई हस्तान्तरण गर्नुभएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: