
तमु (गुरुङ) कलाकार संघ गण्डकीद्धारा विभिन्न व्यक्तित्वहरुलाई सम्मान
हुम तमु
कलाकारिता क्षेत्रमा रहेका गुरुङहरुलाई एकतावद्ध गर्न स्थापित संस्था तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिले आइतवार पोखरामा स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

स्वदेश आगमन हुनुभएका विशिष्ट तमुहरु, पोखरेली विभिन्न संघ संस्थामा हालै निर्वाचित तमुहरुलाई स्वागत र सम्मान गरेको हो।
युकेबाट केही समयका लागि पोखरा आउनु भएका लण्डन बोरो अफ बार्नेट काउन्सिलका उपमेयर, वरिष्ठ समाजसेवी लक्ष्यबहादुर गुरुङ, उहाँकी धर्म पत्नी शोभा गुरुङ, हङकङबाट घर बिदामा आउनुभएका मिलन फाउण्डेशन नेपालका संस्थापक, पर्वत हङकङ मञ्चका अध्यक्ष, तमु(गुरुङ)कलाकार संघ तमु(गुरुङ)कलाकार संघ आजिवन सदस्य, वरिष्ठ समाजसेवी दुर्गा घोथाने गुरुङ मिलन, हिमाली साँस्कृतिक परिवारमा हालै पुनः अध्यक्षमा निर्वाचित वरिष्ठ सँस्कृतिकर्मी मेनकाजी गुरुङसहित कार्यसमितिका तमुहरु, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष चित्रबहादुर गुरुङसहित कार्यसमिति, लोक नृत्य कलाकार संघ नेपालका नवनिर्वाचित उपाध्यक्ष सनबहादुर गुरुङ लगायत कार्यसमितिका चयन हुनुभएका गुरुङहरुलाई खादा, माला, फेटा, भाङ्ग्रा,क्रमुसहित संघका अध्यक्ष सुरेन्द्र गुरुङ र संस्थापक अध्यक्ष शंकर बिरही गुरुङले स्वागत सम्मान गर्नुभएको हो।

स्वागत एवम सम्मान ग्रहण पश्चात लण्डन बोरो अफ बार्नेट काउन्सिलका उपमेयर लक्ष्यबहादुर गुरुङले स्वागत सम्मानका लागि तमु(गुरुङ) कलाकार संघ लगायत पोखरेली स्वागत सँस्कृतिप्रति आफु आभारी रहेको बताउनुभयो। तमु धिं नेपाल लगायत धेरै संघ संस्थाबाट स्वागत सम्मान ग्रहण गर्ने अवसरमा पाउदा समाजका निम्ती थप केही गरौं भन्ने प्रोत्साहन मिलेको उहाँको भनाई थियो। तमुहरुको स्वागत सम्मान सँस्कृतिले पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने भन्नुहुदै नेपाल सरकार, प्रदेश सरकारको पर्यटन वर्षको लक्ष्य हासिल गर्न महत्वपुर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो। तमुहरु क्षमतावान बनेकाछन्, संख्यामा होइन गुणामात्कतातर्फ अघि बढीरहेको देख्दा अत्यन्तै हर्षित बनेको बताउनुहुदै उहाँले युकेको गौरबशाली संस्था तमु धिं युकेसँग कलाकार संघले समन्वय गर्न तमु धिं युकेको सल्लाहकार समेत रहेको उपमेयर गुरुङले आग्रह गर्नुभयो। वर्षमा दुइ पटक कलाकार, पत्रकारलाई तमु धिं युकेले युकेमा आमन्त्रण गर्ने गरेको छ, समन्वय गरी आगामी दिनमा संघबाटै संस्थागत प्रतिनीधित्व गराउन सके धेरै राम्रो हुने भन्दै कलाकारका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
मिलन फाउण्डेशन नेपालका संस्थापक, पर्वत हङकङ मञ्चका अध्यक्ष, तमु(गुरुङ)कलाकार संघ तमु(गुरुङ)कलाकार संघ आजिवन सदस्य, वरिष्ठ समाजसेवी दुर्गा घोथाने गुरुङ मिलनले स्वागत सम्मानका लागि धन्यवाद दिनुहुदै तमु समुदायका लागि आफु क्रियाशील रहेको बताउनुभयो। समुदायकै निम्ती आफुले निर्माण गरेको चलचित्र क्यु प्ह«ोछेंले सफलताका पाएकोमा आफु अत्यन्तै खुशी रहेको समेत उहाँले बताउनुभयो। विगतमा पनि आफुले कलाकारहरुलाई हङकङमा आमन्त्रण गरी कलाकारहरुलाई प्रोत्साहन गरिरहेकोमा अबदेखि तमु(गुरुङ) कलाकार संघ गण्डकसँग संस्थागत सहकार्य गरी कलाकारहरुलाई हङकङको लागि अवसरलाई निरन्तरता दिने बताउनुभयो।

हिमाली साँस्कृतिक परिवारका पुनःनिर्वाचित अध्यक्ष मेनकाजी गुरुङले सम्मानका लागि धन्यवाद दिनुहुदै गुरुङको एकता, सफलता र कलाकारहरुले सँस्कृतिको संरक्षण र विकासका लागि पहल गर्नुपर्ने बताउनुभयो। नेपाली चलचित्रको पहिलो नृत्य निर्देशक भिमबहादुर गुरुङ, पहिलो दोहोरी गायक हरिमान गुरुङ रहेको जानकारी दिनुहुदै अव तमुहरु सत्ता र प्रसानिक क्षेत्रमा समेत पुग्नुपर्ने बताउनुभयो। तमु धिं नेपालका साँस्कृतिक संयोजक समिति रहनु भएका गुरुङले तमु सँस्कृति संरक्षक र प्रचारकको रुपमा भुमिका निर्वाह गर्ने कलाकारहरुलाई तमु धिं नेपालले सहयोग चाहेको समेत जानकारी दिनुभयो।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष चित्रबहादुर गुरुङले स्वागत सम्मानका लागि धन्यवाद व्यक्त गर्नुहुदै तमुहरु साँस्कृतिक र सामाजिक क्षेत्रमा अग्रपंक्तिमा रहे पनि राज्यको हरेक क्षेत्रमा प्रतिनीधित्व र पँहुचका लागि तमुहरुले सोच्नुपर्ने बताउनुभयो।राज्यको मुल प्रवाहमा तमुहरु प्रवेश गर्न तमुहरुले पहल गर्नुपर्दछ भन्नुहुदै उहाँले विदेशमा धेरै गरेकाछौं, अब नेपालमै काम, नाम र दाम कमाउन लक्षित हुनुपर्ने बताउनुभयो। प्रतिष्ठानले गर्दै आएको गतिविधी र संस्थाको उद्धेश्यका बारेमा जानकारी गराउनुहुदै सबै तमु संघ संस्थाहरुसँग प्रतिष्ठानले सहकार्य गर्ने बताउनुभयो।
आइतवार नै तमु(गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेशका महासचिव टसबहादुर गुरुङको जन्मदिन रहेकाले केक काटी, शुभकामना र आर्शिवाद प्रदान गर्दै जन्मदिन समेत मनाइएको थियो।उक्त अवसरमा कलाकारहरुले शुभेच्छा गीत गाएका थिए भने नृत्यमा रमाएका थिए।
मौसमले केही चुनौती दिएको उक्त कार्यक्रमका सभाध्यक्ष तमु(गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले संस्थाका बारेमा जानकारी गराउनुहुदै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासविच टसबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38