
क्होला परिवार याङजाकोटद्धारा बिरामी नरबहादुर गुरुङलाई आर्थिक सहयोग
कास्कीको मादी गाउँपालिका वडा नं ३ याङजाकोटमा रहेको क्होला परिवार याङजाकोटले याङजाकोट नासा न्हो स्थित ८८ वर्षिय नरबहादुर गुरुङ (खुइले बाबा) लाई आर्थिक सहयोग गरेको छ ।

केहि दिन अगाडी आफनै घरमा लडेर कराङमा समस्या देखिएपछि उपचारको लागि पोखरा आउनु भएका उहाँलाई हिजो क्होला परिवारका अध्यक्ष जेमप्रसाद गुरुङ, उपाध्यक्ष क्या.श्यामबहादुर गुरुङ, सचिव क्या.घनबहादुर गुरुङ, कोषाध्यक्ष श्याम गुरुङ, सह सचिव तिलु गुरुङ लगायतको उपस्थितीमा बिरामी नरबहादुर गुरुङलाई नगद ५ हजार रुपैया सहयोग स्वरुप प्रदान गरिएको छ ।

आफनो परिवारका सदस्यहरुलाई आपत विपतमा सहयोग गर्ने र एक अर्कामा आत्मिय सदभाव कायम गर्ने उद्देश्यले स्थापना भएको सो परिवारले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38