
पोखरामा श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने तयारी
यसवर्षको श्रीकृष्ण जन्माष्टमी पर्व पोखरामा भव्यताका साथ मनाईने भएको छ । विश्व हिन्दु महासंघ श्रीकृष्ण जन्माष्टमी महोत्सव मुल समारोह समितिका अनुसार यहि भाद्र ६ गते वैदाम स्थित कोमागाने पार्कमा श्रीकृष्ण जन्माष्टमी प्रकाट्य उत्सव कार्यक्रमका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने तयारी गरिएको हो ।

उक्त प्रकाट्य उत्सवमा महान सन्त श्री हरिहर सन्यास आश्रमका पीठाधिश्वर, नेपाल सन्त समाजका केन्द्रिय अध्यक्ष एंव श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज, प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति डा.जगमान गुरुङ, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष श्री चैतन्य कृष्ण महाराज र मायाघर नेपालकी संस्थापक अध्यक्ष भागवत मञ्जरी राधिका दासजीको अभिनन्दन र विशेष प्रवचन सहितको सांस्कृतिक कार्यक्रम समेत समावेश गरिने छ ।
उत्सवमा भगवान श्रीकृष्णको रथारोहण सहित सत्गुरुदेवहरुको अभिनन्दन, भजनचुट्का प्रतियोगीता, झाँकी प्रदर्शन, उत्कृष्ट राधाकृष्ण प्रतियोगीता, रात्री समयमा भव्य कृष्णझुला र उत्कृष्ट सहभागी संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने लगायतका कार्यक्रमहरु गरिने विश्वहिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष शंकर खरालले जानकारी दिनुभयो । उत्सवको पुर्वसन्ध्यामा विगत ३२ वर्षदेखी पोखरामा संचालन गरिदै आएको श्रीकृष्ण जन्माष्टमी शोभायात्रा यसवर्ष पनि पोखराको सभागृहचोक देखी कोमागाने पार्कसम्म गरिने छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38