ताजा खबर

सांसद सूर्यबहादुर केसीद्वारा सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा

   ८ भाद्र २०७६, आईतवार १७:१४      1,248 views

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय संसद्का सदस्य सूर्यबहादुर केसीले सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् ।

प्रेस युनियन कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यक्रममा पोखराका वरिष्ठ उद्योगी एवं समाजसेवी समेत रहेका केसीले पुरस्कारको लागि ६ लाख अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् ।

प्रेस युनियन कास्कीले संचालन गर्ने गरी स्थापित सो पुरस्कार गण्डकी प्रदेशमा कार्यरत एकजना पत्रकारलाई हरेक वर्ष नगद ५१ हजार सहित सम्मान गरिनेछ । सो पुरस्कार युनियनकै इतिहासमा सबैभन्दा ठूलो धनराशीको पुरस्कार रहेको युनियन जिल्ला अध्यक्ष नवीन सिग्देलले बताए ।

आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा समाजसेवी केसी र उनकी धर्मपत्नी प्रेमकुमारी केसी परिवारले सो पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारको संस्थापक तथा संरक्षक स्वयं सूर्यबहादुर केसी रहनेछन् ।

केसी परिवारले यसअघि पनि पत्रकार महासंघ कास्कीले संचालन गर्ने गरी कीर्ति स्मृति पत्रकारिता सम्मानको लागि ११ लाख प्रदान गरिसकेका छन् ।

पत्रकारमैत्री समेत भनी चिनिने समाजसेवी केसी आफूलाई दिनमै आनन्द लाग्ने कुरा व्यक्त गरे । उनले पुरस्कार वितरणमा जात, धर्म, लिङ्ग, आस्थाका आधारमा विभेद नगर्न सुझाव समेत दिए ।

उनले पत्रकारले चलाउने कलमकै कारण सरकारका राम्रा–नराम्रा कार्य औल्याउने र सरकारलाई सजक गराउन भूमिका खेल्ने भएकोले आफ्नो ध्यान पत्रकारप्रति रहेको बताए ।

सांसद केसीले पत्रकारिताको माध्यमबाट लोकतान्त्रिक पद्दति र नागरिक स्वतन्त्रता एवं सनातन कालदेखि चल्दै आएको धर्म संस्कृतिको संरक्षणमा समेत टेवा पु¥याउने बताए ।

यस्तै, उनले देशैभरिका पत्रकारको उपचार सहयोगार्थ छिट्टै अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।

यसैबीच, पत्रकार ओम हमाललाई राजनीतिक आस्थाका आधारमा प्रहरी हिरासतमा नराख्न आग्रह गरे भने युनियनका सल्लाहकार राजबहादुर गुरुङको उपचारमा आफूले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले पुरस्कारले पत्रकार जगतलाई थप जिम्मेवारी बनाउन भूमिका खेल्ने बताए । उनले पत्रकारमाथि राज्यले गरेको धरपकडलाई तत्काल बन्द गर्न समेत आग्रह गरे । पौडेलले लोकतन्त्रमा आस्थाका आधारमा कोही व्यक्तिलाई सरकारले नियन्त्रणमा लिन नपाउने बताए ।

प्रेस युनियनका सल्लाकार रवीन्द्र बास्तोलाले प्रेसमाथि भएको हस्तक्षेपको विरुद्धमा एकजुट हुनुपर्ने बेला आएको बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुरस्कारका नाम धेरै भएको भनिए पनि संस्थागत पुरस्कार भने अझै कमी नै रहेको बताए । उनले पुरस्कार वितरणमा सबै खेमाका पत्रकारलाई अपनत्व हुने गरी वितरण गर्न सुझाव दिए ।

प्रेस युनियनका कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघकी उपाध्यक्ष विमला भण्डारी, युनियन उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेलले लगायतले आफ्नो धारणा राखेका थिए ।

सोही अवसरमा प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोला प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका र कालिका बहुमुखी क्याम्पसको प्रमुख हुन सफल भएकोमा सो अवसरमा युनियनले सम्मान गरेको थियो ।

यस्तै, युनियनका सल्लाहकार राजबहादुर गुरुङको थप उपचारार्थ आवश्यक रकम संकलनमा पहल गर्ने युनियनका सचिव प्रदीप पौडेलले जनाएका छन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: