ताजा खबर

तमू (गुरुङ) कलाकार संघ गण्डकीद्धारा सल्लाहकार तथा आजीवन सदस्यहरुलाई स्वागत सम्मान

   १० भाद्र २०७६, मंगलवार ०८:५८      1,979 views

तमू (गुरुङ) कलाकार संघ गण्डकी प्रदेशले आफनो सल्लाहकार तथा आजीवन सदस्यहरुलाई सम्मान एवम् प्रमाण पत्र वितरण गरेको छ ।

रोयल दिदीबहिनी किचनमा भएको एक भव्य कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद गायत्री गुरुङ (कुशुम)ले सल्लाहकार तथा आजीवन सदस्यहरुलाई सम्मान तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद गायत्री गुरुङले गुरुङ कलाकारहरुको संगठन स्थापना भएको त्यति धेरै समय नभएता पनि छोटो समयमै धेरै राम्रो काम गर्न सफल भएको बताउनुभयो । अब आदिवासी कलाकारहरु राजनीतिमा पनि अघि बढनुपर्ने उहाँको भनाई छ । गण्डकी प्रदेश संस्कृतिको साझा फूलबारी भएको भन्दै अब यो प्रदेशमा सबै आदिवासी जनजाति कलाकारहरुको नेतृत्व तमू कलाकारहरुले गर्नुपर्ने बताउनुभयो ।


साथै उहाँले तमू कलाकारहरुले लोपउन्मुख भाकाहरुको संरक्षण गर्दै सबैको साझा मुद्धामा एकजुट भएर अघि बढनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघका सल्लाहकार तथा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले तमू जातिको भाषा र भेषभूषा जोगाउनका लागि हरेक सार्वजनिक स्थलमा तमूहरु भेट्द तमू भाषा बोल्नुपर्ने र तमूहरुको कार्यक्रममा तमू भाषा नै अनिवार्य प्रयोग गर्नुपर्ने र पोशाक लगाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघका सल्लाहकार एवम् वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङ, संघका पुर्व अध्यक्ष शंकर विराही गुरुङ लगायतले शुभकामाना दिनुभएको थियो ।


तमू (गुरुङ) कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संघका महासचिव टस गुरुङले सञ्चालन गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष माधव गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: