
चलचित्र अभिनेत्री प्रतिमा गुरुङ सामाजिक व्यक्तित्व नारी सम्मानबाट सम्मानित
लमजुङ पोखरा सम्र्पक समितिद्धारा गुरुङ चलचित्रकी चरित्र अभिनेत्री तथा गीतकार प्रतिमा गुरुङलाई सम्मान गरिएको छ ।

लमजुङ पोखरा सम्र्पक समितिका पूर्व सहसचिव समेत रहनुभएकी गुरुङलाई संस्थाको गरिमा बढाउन र संस्थालाई देश विदेशमा चिनाउन महत्वपूर्ण योगदान दिएको तथा थुप्रै गुरुङ चलचित्र मार्फत आफनो कलाकारिताको क्षेत्रलाई उचाईमा पुरयाएको भन्दै नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा “सामाजिक व्यक्तित्व २०७६ तीज विशेष नारी सम्मान”बाट सम्मान गरिएको हो ।
लमजुङको क्होला सोंथर गाउँपालिका १ नजरे साम्रोङ जन्मघर भई लमजुङकै क्होलासोंथर गाउँपालिका ७ भोजेलाई घरकर्म थलो बनाउनु भएका उहाँ हाल पोखरामा रहेर अभिनय र साहित्य क्षेत्रमा क्रियाशील रहनुभएको छ उहाँ गुरुङ फिल्म एशोसियशन नेपाल जिफानको पूर्व केन्द्रिय सचिव समेत हुनुहुन्छ ।

दर्जन भन्दा बढी गुरुङ चलचित्रमा अभिनय गरी सक्नुभएकी उहाँ पछिल्लो समय साहित्य लेखमा सक्रिय हुनुहुन्छ । गुरुङ साहित्यिक मञ्च नेपालका कार्य समिति सदस्य समेत रहनुभएका उहाँ थुप्रै सामाजिक संघ संस्थामा पनि आबद्ध हुनुहुन्छ ।

हिजो पोखरामा आयोजित एक भव्य समारोहमा कार्यक्रमका प्रमुख अतिथि एवम् महिला उद्यमी संघ कास्कीकी अध्यक्ष काशीमाया गुरुङले सम्मान पत्र र दोसल्लाले उहाँलाई सम्मान गर्नुभयो ।
लमजुङ पोखरा सम्र्पक समितिकी अध्यक्ष चम्पादेवी रानाभाटको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले…
अझै पढ्नुहोस्Follow Us

एमाले गण्डकीको संचारकर्मीसंग नेकपा (एमाले) कार्यक्रम सम्पन्न
४ आश्विन २०८०, बिहीबार १२:३६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38