
जनकपुरमा विहे गर्नुस् हनीमुन मनाउन गण्डकी प्रदेश आउनुस् ; मन्त्री विकास लम्साल
गण्डकी प्रदेशका वन वातावारण उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले जनकपुरमा गएर विहे गर्न र गण्डकी प्रदेशमा आएर हनीमुन मनाउन सबै नेपालीहरुलाई आग्रह आग्रह गर्नुभएको छ ।
पर्यटक यातायात व्यवसायी संघ गण्डकीको वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

असोज १० गते विश्व पर्यटन दिवसको दिनमा आफुहरु लुम्बिनी जनकपुर लगायत देशको सबै प्रदेशको भ्रमणमा निस्किने र अन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्नमा लाग्ने बताउनुभएको छ ।
असोजदेखि पुस महिनासम्म गण्डकी प्रदेशको सबै जिल्ला र स्थानीय तहमा पर्यटन पुर्वाधार विकासमा जोड दिने भन्दै विदेशी पर्यटकलाई उनीहरुकै देशबाट आयत गरिने सामन खुवाउनु भन्दै आफनै देशको उत्पादन खुवाउन पनि सबै पर्यटन व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो ।

भारतीय निजी गाडी गण्डकी प्रदेशमा आएर घुम्दा आफूहरुलाई कुनै आपत्ति नरहेको तर भारतीय ट्राभल कम्पनीको गाडीहरुले गण्डकी प्रदेशमा आएर उनीहरुकै यात्रुलाई घुमाउन काम गरेमा त्यसलाई कारवाही गरिने समेत उहाँले बताउनुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38