ताजा खबर

व्यक्ति एक प्रतिभा अनेक, सफल गीतकार लोकबहादुर गुरुङ

   १३ भाद्र २०७६, शुक्रबार १७:३२      1,790 views

केयरसिंह तमू

थोरै मात्र व्यक्ति यस धर्तीमा जन्मन्छन् । जसले हामीलाई अनगिन्ती छापहरु छाडेर जान्छन् । नेपाल आमाका असल पुत्र रत्नहरुमध्येकै एक रत्नका रुपमा जन्मिनुभएका दाजु स्व.लोकबहादुर गुरुङ हुनुहुन्छ । उनै असल पत्र रत्नका साथमा थुप्रै गीत संगीत र साथमा साहित्यिक प्रवृत्तिहरुको समेत जन्म भएको छ । तिनीहरुको प्रभावकारिता तमू जगतमा मात्र सीमित नरही राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमै फैलिएको महशुस हुन्छ ।

तमू गीत संगीतकै एक धरोहरको रुपमा स्थापित लोकबहादुर चर्चाकै शिखरमा पुग्न सफल भएको पाउँदछौं । वि.सं. २०५८ सालमा तमू संसारको जन्मपश्चात् वहाँले नियमित रुपमा तमू संसार त्रैमासिक पत्रिकाका प्रकाशक÷सम्पादक भई सेवा गर्दै आउनुभएको हो । विभिन्न समस्या र चुनौतिका बाबाजुत पनि वहाँले पत्रकारिता र साहित्यमा निरन्तर रुपमा कलम चलाई आउनुभएको थियो । वि.सं. २००४ सालमा बुबा डम्बरबहादुर गुरुङ र माता भानुकुमारी गुरुङको कोखबाट माईला पुत्र रत्नका रुपमा जन्म तमू जगतमा थुप्रै डोपहरु हामी सामु छाडेर बिर्सी नसक्ने सम्झनाहरु छोडेर जानुभयो ।


स्व.लोकबहादुर गुरुङका एक सहयात्री भाइ एवं चेलाका रुपमा यस लेखकले पनि धेरै वर्ष सहयात्री भई सेवा गरेका छन् । लोकबहादुर गुरुङको मृत्युको खबरले अति मर्माहत हुन पुगेका लेखक वहाँका बारेमा दुई चार कुरा लेख्न बसेको छ । कहाँबाट सुरु गर्ने लेखक अलमल्लमा परेको भान हुन्छ । हुन त वहाँ एकव्यक्ति हुनुहुन्छ तर प्रतिभा भने अनेक ।

अनेक व्यक्तित्व भएको व्यक्ति प्रायः कम नै हुन्छन् । जसलाई विभिन्न कोणबाट नियालेर हेर्न सकिन्छ र मूल्याङ्कन गर्न सकिन्छ । सिर्जनाका दृष्टिले वहाँ तमू गीत लेख्नुहुन्थ्यो । चलचित्र निर्माण र निर्देशन गर्नुहुन्थ्यो । यसैकारण वहाँ सफल गीतकार एवं तमू चलचित्र निर्देशकका रुपमा सुपरिचित हुनुहुन्थ्यो । सिर्जना गर्नु आफैमा अत्यन्त कठिन कार्य हो । जसले पायो त्यसले सिर्जना गर्न सक्दैन । यसका लागि अध्ययन, प्रतिभा र लगनसिलता चाहिन्छ ।

संवेदनशील हृदय र मस्तिष्क दुवैको उत्तिकै आवश्कता पर्दछ र मलाई लाग्दछ यी सबै गुणहरु भएकै कारण गीतकार लोकबहादुर गुरुङलाई सिर्जनशील प्रतिभाका रुपमा चिन्न सकिन्छ । वहाँ गीतकै माध्यमबाट तमू समाजका स्थिति र व्यवस्थालाई आफ्नै ढंगमा गीतमार्फत शब्दहरुमा पोख्नुहुन्छ । जीवनमा आइपर्ने आरोह अवरोहलाई प्रस्तुत गर्दै वहाँ गीतको सुन्दर संसार निर्माण गर्न चाहनुहुन्छ । वहाँको यस्तै विभिन्न गीतहरुको लेखन कार्यले सम्पूर्ण तमूहरुबीच चिरपरिचित हुनुहुन्छ । वहाँका गीतहरु यसरी बोल्छन् –

१. भञ्ज्याङ्ग काटेर नजाऊ, दिल तोडेर नजाऊ है
मलाई यहाँ एक्लो पारी, माया मारेर नजाउ, है
(चलचित्र स्वदेशको माटो परदेशको पींडा)

२. र्हेगो र्हेगो आयादो ङोल्स्यो म्हि ह्याँब
र्हेगो र्हेगो आयादो ङोलो म्हि थेब
(चलचित्र ङ्योँए नाँस ट्हो)

३. छ्याँब रानी ङोल्स्योमी ङल ताँ क्रि मु
ङय माया जतनले थेमिदो ङल बिन्ती मु…… (हेर्बे ट)

४. झो छ्याँब ढाका मल्खु कुब (क्रमु)
पिटीमी क्रेर चट्ट खेब
झो छ्याँब बुट्टे क्रमु कुब
मखमली चोली टम्म खेब…….

५. म्होररी म्रोंज सै्रमरी क्होल छ्योँबा (प्ह्रेस्यो)
खेसेद्री सानु ट्हो ट्हो ङहाँस्या देउराली ङाकारी

६. आयादो ठागु आयादो आच्यो
बिरानो ह्युलरी बिरानो ह्युलरी (धिं)

म लोकबहादुर दाजुको गीत माथि समालोचना लेखिरहेको छैन । म त केवल वहाँको गीतको चर्चा आप्mना मनमा उब्जेको मनोभावनाहरुलाई शब्दबद्ध गर्दैछु । वास्तवमा स्व.लोकबहादुर गुरुङसँग मेरो सम्बन्धको कारक तत्व तमू संसारबाट नै भएको हो । लोकबहादुर दाजुलाई मैले सर्वप्रथम वहाँको “भञ्ज्याङ्ग काटेर नजाऊ, दिल तोडेर नजाऊ” गीत मार्फत चिनेको हुँ । तर प्रत्यक्ष भेट भएको चाहिँ वि.सं. २०५८ सालमा तमू संसारको जन्म भएपछि भएको हो ।

वहाँ म भन्दा पनि करिब २२ वर्ष जति जेठो हुनुहुन्थ्यो । वहाँले १९ वर्षको उमेरमा लमजुङको कुन्छामा पनि एक वर्ष जति जिल्ला हुलाक कार्यालयमा खरिदारको रुपमा सेवा गर्नुभएको पसगाउँ यात्राका क्रममा थाहा भयो । त्यसपश्चात फेरि वहाँ अध्ययनमा लाग्नुभयो । वहाँले वि.सं. २०२७ सालमा बि.ए. र २०२८ सालमा बि.एड.सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको थियो । अध्ययन पश्चात कालिका मा.वि., अमरसिंह मा.वि. र भद्रकाली मा.वि.मा शिक्षण सेवा गर्नुभएको देखिन्छ । विभिन्न समयमा शिक्षक, सहप्रधानाध्यापक एवं प्रधानाध्यापक भई सेवा गर्नुभएको देखिन्छ । यसरी भद्रकाली मा.वि. कुँडहर, पोखरामा प्रधानाध्यापक हुँदा वहाँ कुशल प्रशासन र कलाको बारेमा बारम्बर सुनेको थिएँ ।

यस प्रकारको बहुआयामिक व्यक्तित्वका धनी समाजसेवी एंव तमू संसारका प्रकाशक÷सम्पादक, लेखक, अर्थशास्त्री, समाजशास्त्री, शिक्षक, प्रधानाध्यापक, संगीतकार, गायक, गीतकार, निर्माता निर्देशक पटकथाकार, नृत्यकार आदि क्षेत्रमा चर्चित हुनुहुन्छ । तमू जगतमा एक जोडी भई लोकबहादुर गुरुङ र वेदबहादुर गुरुङ (श्याम) ले तमू चलचित्रको इतिहासमा अतुलनीय योगदान पु¥याउनुभएको देखिन्छ । वहाँहरुको जोडीले संयुक्त रुपमा न्हाम्स्यो न्होँरी, ङ्योँए नाँस ट्हो, हेर्बे ट, चोँ, क्रमु, प्ह्रेस्योँ र धिँ आदि तमू चलचित्रहरु निर्माण गर्नुभएको हो । पछिल्लो समयमा गाउँ गाउँको गीत निर्माण हुने क्रममा भुक देउराली, तल्लो पाचोक, झिलीबराङ, पसगाउँ, ढोर फिरफिरे आदि गाउँका सुटिङ्ग कार्य सम्पन्न भई टि.भी.मा प्रशारण समेत भइसकेका छन् भने भुजुङ गाउँको युम्पो देउराली र घाम्राङ गाउँको बाँकी नै रहेको छ । 

वहाँका चलचित्रहरु राम्रा छन् । ज्ञानवद्र्धक एवं मनोरञ्जन छन् । वहाँहरुका चलचित्रहरुलाई दर्शकहरुबाट अत्यधिक मात्रामा मन पराइएको देखिन्छ । सिर्जनकर्मी लोक दाजुको अर्को महत्वपूर्ण पाटो कलाकारको हो ।

नृत्यकारका रुपमा समेत चर्चित वहाँ जवानीमा निकै नाच्नुहुन्थ्यो भन्ने सुनिन्छ । वि.सं. २०२८ सालतिर नै रेडियो नेपालबाट आयोजित लोकगीत प्रतियोगितामा “तल प¥यो डुम्रे बजार माथि प¥यो बन्दीपुर, के छ नानी तिम्रो मनको सुर ?” नामक गीतमा प्रथम स्थान हासिल गर्नुभएको रहेछ । वहाँका समकालीन साथीहरु क्षेत्र गुरुङ, स्व. कल्याण शेरचन, स्व. प्रविन गुरुङ, स्व.क्या.मीनबहादुर गुरुङ, मिनकाजी गुरुङ, गोरे गुरुङ, आसबहादुर गुरुङ, एकेन्द्र गुरुङ र साइला दाइ (बलबहादुर गुरुङ) आदि हुनुहुन्छ ।

आप्mनो भाषा, संस्कृति र भेषभुषा जोगाउनुपर्दछ भनेर समय यसैमा समय व्यतित गर्नुभएका लोक दाजुले तमू संसारको पचासभन्दा बढी अंक प्रकाशन, सम्पादन गरिसक्नुभएको छ । तमू संसारका प्रकाशक । सम्पादक लोक दाजुले धेरै कवि, लेखक, साहित्यकारहरुलाई स्थान दिएर स्थापित र परिचित समेत गराइसक्नुभएको छ । यस अर्थमा हामी सम्पूर्ण तमूहरुले गौरव गर्नै पर्दछ । अझै पनि नियमित रुपमा प्रकाशन गरिँदै आएको यस पत्रिकाको स्थान तमू पत्रकारिताको इतिहासमा बिर्सन सकिन्न ।

वहाँलाई भद्रकाली उ.मा.वि. र हिमाली साँस्कृतिक परिवारले अभिनन्दन समेत गरिएको छ । वहाँले २०२८ सालमा राज्यविशेक पदक, यसरी नै विभिन्न समयमा वहाँलाई सार्वजनिक अभिनन्दन समेत गरिएको सर्वविदितै छ । करिब २० वटा भन्दा बढी प्रशंसा–पत्र, कदर–पत्र, सम्मान–पत्र र अभिनन्दन–पत्र रहेका छन् । अन्तमा एक होनाहर प्रतिभावन गीतकारको अवसानले सिङ्गो तमू संसार र गीति इतिहासलाई टुहुरा बनाएर गएको भान हुन्छ । आवकासका ताराहरु झैं वहाँ युग युगका लागि चम्किरहनुहुनेछ । सम्पूर्ण तमू जगतले नै गीत÷संगीत र शिक्षण सेवाका लागि लोकबहादुर सरलाई सारा लोकले सम्झिरहनेछन् । तमू संसारका रतम्भकार लेखक पनि वहाँप्रति भक्तिपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । 

(लेखक तमू भाषाका कवि एवम् गीतकार हुनुहुन्छ । तमू संसारका संस्थापक सम्पादक लोकबहादुर गुरुङको निधनपछि उहाँको सम्झनामा उहाँले यो लेख तमू संसारको ५२औं अंकको लागि यो लेख लेख्नु भएको हो । २०७१ सालको तमू संसारको ल्होसार अंकमा यो लेख प्रकाशित छ)

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: