
गुरुङ फिल्म एशोसियशनमा पहिलो पटक चुनाव, अध्यक्षमा भोजबहादुर गुरुङ निर्वाचित
गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान)को छैठौं राष्ट्रिय महाधिवेशनबाट चलचित्र निर्देशक भोजबहादुर गुरुङको अध्यक्षताको नयाँ कार्य समितिको चयन भएको छ ।

तमू प्ये ल्हु संघको केन्द्रिय कार्यालय शक्तिघाट पोखरामा गए राती अबेर सम्पन्न महाधिवेशनले गुरुङ फिल्म एशोसियशनको इतिहासमै पहिलो पटक निर्वाचन प्रक्रियाबाट नयाँ कार्य समितिको छनौट गरेको छ । नवनिर्वाचित अध्यक्ष भोजबहादुर गुरुङ यसअघिको कार्य समितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।
उहाँले आफना प्रतिद्धन्दी राजेश गुरुङलाई पाखा लगाउँदै ६८ मतका साथ विजयी हुनुभएको छ । कास्कीको मादी गाउँपालिका वडा नं २ ताङतिङमा जन्मेर पोखरालाई कार्यथलो बनाउँदै आउनु भएका गुरुङ जिफानको स्थापनाकालदेखि नै संस्थामा सक्रिया हुनुहुन्छ ।

मुनाल फिल्मस् प्रा.लि.को व्यानरबाट उहाँले कहाँ बिसाउँ मनको भारी, ङै ङ्हो, साहासी, मौरिमो लगायतका सफल चलचित्रहरु निर्देशन गर्नुभएको छ भने ङयोए नास टहो, चोँ, हेर्बे ट लगायत थुप्रै चलचित्रहरुमा छायांकन र सम्पादनको काम गरि सक्नुभएको छ ।
हाल म्याक्स रोधी टिभी तथा स्ट्रिम नेपाल युटयुव च्यानलको सञ्चालक एवम् मुनाल डिजिटल रेकडिङ स्टुडियोको पनि उहाँ सञ्चालक हुनुहुन्छ ।
महाधिवेशनले प्रथम उपाध्यक्षमा गुञ्जबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा रेशम गुरुङ, महासचिवमा मनोज गुरुङ, सचिवमा तोल बहादुर गुरुङ (लब्सन) लाई चयन गरेको छ ।
यस्तै गरि आर्थिक बिभाग प्रमुखमा अर्जुन गुरुङ, प्रचारप्रसार बिभाग प्रमुखमा रमेश गुरुङ, महिला बिभाग प्रमुखमा ईन्द्रमाया गुरुङ, संघसंस्था बिभाग प्रमुखमा गल गुरुङ, निर्माता निर्देशक बिभाग प्रमुखमा सोम गुरुङ, प्राबिधिक बिभाग प्रमखुमा सन्तोष कोन्मे गुरुङ, भाषा तथा संस्कृति बिभाग प्रमुखमा गमबहादुर गुरुङ र गीत संगीत बिभागमा राजबहादुर गुरुङलाई चयन गरेको छ ।

यसरी नै कार्य समिति सदस्यहरुमा तारा कुमारी गुरुङ, मोहनमाया गुरुङ, आइतराम गुरुङ र विश्वात्म गुरुङलाई चयन गरेको छ ।
यसअघि महाधिवेशनको एक भव्य समारोहका बीच गण्डकी प्रदेशका आर्थिम मामिला तथा योजना मन्त्री गुरुङले उद्घाटन गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38