ताजा खबर

व्यक्ति एक प्रतिभा अनेक – सफल गीतकार लोकबहादुर गुरुङ

   १५ भाद्र २०७६, आईतवार १९:११      1,929 views

गौरी गुरुङ

थोरै मात्र व्यक्ति यस धरतीमा जन्मछन । जसले हामीलाई अनगिन्ती छापहरु छाडेर जान्छन । नेपाल आमाका असल पुत्र रत्नहरुमध्येकै एक रत्नका रुपमा जन्मिनुभएका दाजु स्व.लोकबहादुर गुरुङ हुनुहुन्छ । उनै असल पुत्र रत्नका साथमा थुपै्र गीत संगीत र साथमा साहित्यिक प्रवृत्तिहरुको समेत जन्म भएको छ ।

तिनीहरुको प्रभावकारीता तमू जगतमा मात्र सीमित नरही राष्ट्रिय अन्तराष्ट्रिय जगतमै फैलिएको महशुस हुन्छ । तमू गीत संगीतकै एक धरोहरको रुपमा स्थापित लोकबहादुर चर्चाकै शिखरमा पुग्न सफल भएको पाउँदछौं । वि.सं.२०५८ सालमा तमू संसारको जन्म पश्चात वहाँले नियमित रुपमा तमू संसार त्रैमासिक पत्रिकाका प्रकाशक÷सम्पादक भई सेवा गर्दै आउनुभएको हो । विभिन्न समस्य र चुनौतिका बाबजुत पनि वहाँले पत्रकारिता र साहित्यमा निरन्तर रुपमा कलम चलाई नै आउनुभएको थियो । ………………..

एउटा अपरिचित चिठी
लाग्यो मलाई सपनाझै तिमीले छाडेर गएको कुरा
कहाँबसी हेर्देछौ लोक तिम्रा सपना भएको अधुरा……
….

खैं कहाँबाट प्रारम्भ गरौं…आज लामो समयपछि दौडिरहने मेरा कलमका डोबहरुको रफतार आफै सुस्ताएका छन् । मन मष्तिस्कबाट कुनै शब्दहरु यी सेता पानाहरुमा पोखिन चाहिरहेका छैनन । लाग्छ यो परिवेश पनि ठप्प छ । यो शोकित अनि दुखित मनबाट कस्ता शब्दहरु जन्मने हुन जन्मिएका यी शब्दका छालहरु कहाँसम्म पुग्ने हुन ? मैले भनेर हुने भए प्रथमतः यी शब्दका छालहरुले त्यो निष्ठुरी दैवलाई बगाओस अनिमात्र मेरो लोक दाजुकोमा पुगोस् ।


जसरी आजभन्दा करिब १२ वर्ष अगाडि २०५९ सालको जेठमा “एउटा अपरिचित चिठी” मेरो नाममा आइपुगेको थियो । त्यो चिठी अरु कसैको नभएर आदरणीय दाजु लोकबहादुर गुरुङको थियो । त्यतिबेला अहिले जस्तो मोबाइलको व्यापकता र फेसबुकको चलन आइसकेको थिएन । सायद त्यसैले होला त्यतिबेला हस्त लिखित चिठी नै बढी प्रचलनमा थियो । एक दिन अचानक पोखरा–१०, शान्तिपथको ठेगाना भएको चिठी मेरा हातमा प¥यो । चिठीमा लेखिएको थियो ।

“गौरी बैनी नमस्कार । म तमू संसार त्रैमासिकको प्रधान सम्पादक लोकबहादुर गुरुङ हामीले २ वर्ष अगाडिबाट यो तमू संसार त्रैमासिक निरन्तर रुपमा प्रकाशन गर्दै आइरहेका छौ । तपाईले रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखराको तमू भाषाको कार्यक्रममा पठाउनुभएको “तमू समाजको वर्तमान……शीर्षकको लेख मलाई इन्दिरा बैनी मार्फत प्राप्त भएकोले प्रकाशनको लागि अनुमति चाहन्छु । साथै गैडाकोट नवलपरासी तिरबाट तमू संसारका लागि लेख रचनाहरु पठाईदिनु होला…..”


मत एकछिन अक्न न बक्क भए, साथै खुसीले गदगद पनि एउटा पत्रिकाको प्रधान सम्पादक जस्तो व्यक्तिले स्वयं चिठी लेख्दै तमू संसारका लागि लेख, रचना, खोज्नु, तमू संसारको प्रचार–प्रसारमा आफै जुट्नु भनेको लोकबहादुर दाजुको अति साधारण, शान्त, शालीन व्यवहारको प्रतिक हो । म जस्तो भर्खर–भर्खर लेख्न शुरु गरेका कति भाई बैनीहरुलाई वहाँ स्वंयले चिठी लेख्नुभयो होला तमू संसार परिवार र वहाँको परिवारले कति योगदान दियो होला त्यो मूल्याङ्कन गरेर गरी नसक्नुछ ।


यसरी २०५९ सालपछिको यात्रामा लोक दाजु र तमू संसारको परिवारमा म पनि एक नयाँ प्रतिनिधिको रुपमा सामेल भएँ । मैले चितवनाको नारायणगढमा दुई ठाउँमा तमू संसार राखिदिन पसलमा अनुरोध गरे । तनहुँको कोटा गा.वि.स. र आप्mनै नवलपरासी जिल्लाको १६ नम्बर, पिठौली, कावासोती, दुम्कीबास, वनकट्टी, हर्दिय गरी जिल्लैभरी र अरु दुई तनहुँ र चितवन जिल्लामा कबि २ सय जति नयाँ सदस्यहरु बनाए पछिल्ला दिनहरुमा अरु भाइ बैनीहरु पनि सक्रिय हुुन थाले ।

नवलपरासी जिल्लामा अहिले पनि तमू समाजका अग्रजहरुले नै तमू संसारको जिम्मा लिनुभएको छ । सुरुवाती दिनहरुमा तिता मिठा कुराहरु सुन्नुपथ्र्यो जे होस् हामीले तमू संसारलाई विस्तारै हुर्कायौ पछि मैले तमू संसारमा नारी हस्ताक्षर स्तम्भ राख्नसप¥यो दाइ भने पछि त्यो स्तम्भ प्रारम्भ भयो । ३÷४ अंकसम्म मैले मात्रै लगातार लेखहरु पठाएपछि अरु दिदीबैनीहरुको निकै राम्रा–राम्रा लेखहरु आउन थाले ।


त्यसपछिका दिनहरुमा लोक दाजु लगायत चलचित्र निर्देशक बेदबहादुर गुरुङ(श्याम) दाइ, तमू चलचित्रका वरिष्ट कलाकार बलबहादुर गुरुङ लगायत पोखेरेली दाजुभाइ दिदीबैनीहरुसँगको मेरो यात्रा प्रारम्भ भयो । वि.सं. २०५९ सालबाट प्रारम्भ भएको हाम्रो यात्रा २०६२ साल सालमा आएर हामीले गैडाकोट तमू विद्यार्थी छोंज धिं मार्फत् लोकबहादुर दाइ र वेदबहादुर दाइले निर्माण गर्नुभएको तमू चलचित्र “चोँ” (भाउजु÷बुहारी)लाई २०५९ पौष ९ गते जुन चलचित्र मन्दिर नारायणगढ चितवनमा सफल प्रर्दशन ग¥यौ ।

त्यतिबेला टिकट बिक्रीदेखि सबै चाँजोपाँजो मिलाउन पोखरादेखि गञ्जु दाइ गैडाकोट आइपुग्नुभयो । हामी टिकट बिक्री गर्न सँगै जान्थ्यौ त्यो बेलाका क्षणहरु सम्झदा अहिले रमाइलो लाग्छ । तर लोक दाजु हामीबाट विदा भइसक्नुभएको कुरा याद आउदा दुखित हुन्छौ । जब फिल्म प्रर्दशन सकियो तब हामीले दाइहरुलाई हिसाब देखायौ लगभग नाफा घाटा त्यस्तो फरक परेन ।

मतलब नाफै भन्ने धेरै त भएन दाइलाई बिल पेश गर्दा लोक दाइ र श्याम दाइले भन्नुभयो गौरी बैनी, उमा बैनी, लगायत गैडाकोट तमू विद्यार्थी छोंज धिंका भाइबैनीहरु हामीले यो चलचित्र प्रर्दशन गरेर नाफा घाटा भन्ने सोचेका छैनौ हाम्रो चलचित्र चोँ लाई पहिलो पटक चितवनमा प्रर्दशन गर्न पाउँदा हामी हार्षित छौ भनेर उल्टै हामीलाई पो धन्यवाद दिनुभयो । त्यतिबेला मैले दाइलाई अझै नजिकबाट चिन्ने मौका पाए । वहाँहरु त नाफा घाटाभन्दा पनि आप्mनो तमू संस्कार, संस्कृतिको संरक्षण, संर्वद्धन र प्रवद्र्धनका लागि काम गर्नुहुँदो रैछ ।


त्यसपछिका दिनहरुमा लोक दाजुसँगको मेरो यात्रा निरन्तर अगाडि बढिरह्यो म तमू संसारको काम विशेषले पोखरा आउँदा लोक दाजु सीता भाउजू लगायत स–परिवार नै तमू संसारको काममा व्यस्त हुनुहुन्थ्यो । दाजुसँगै घरका अन्य परिवारको पनि तमू संसारप्रति ठूलो लगाव र झुकाव रहेको पाएँ । समयको गतिसँगै संयोग नै मान्नुपर्छ मेरो विवाहपछि म मेरो श्रीमानसँग व्यवसायिक प्रयोजनका लागि पोखरामा नै बस्न थालेँ । म पोखरा बस्न थालेपछि मेरो टास्क फोर्स अफिसमा दाजु बेला–बेलामा आइरहनुहुन्थ्यो ।

तर वहाँ निकै छोटो मीठो कुरा गरेर उठिहाल्नुहुन्थ्यो । मैले कहिल्यै वहाँलाई नास्त समेत खुवाउने समय पाउँथिन एकदिन अचानक बिहान–बिहानै लोक दाजु र बेदबहादुर (श्याम) दाजु मेरो घरमा आउनुभयो मैले सोधे दाइ आज बिहान बिहानै कताबाट होतनि ? लोक दाइले भन्नुभयो मार्निङ वाक गरेर फर्केदै हो भेटेर जाउँ भनेर……….अनि श्याम दाजुले भन्नुभयो मैले चिसापानी मेरो घरमा छात्रवास खोल्न लागेको छु । त्यसैको बारेमा ज्वाइँ अनि तपाईको बारेमा केही सुझाव मागौं भनेर हो भन्नुभयो ।


मैले दाइलाई चिया पिउँ है दाइ भने लोक दाइले भन्नुभयो चिया नपिउँ क्या हो बैनी, म त जे पायो त्यो जहाँ पायो त्यहाँ खाने ग¥या छैन अलि विसन्चो छु । भन्नुभयो मैले सोधे दाइ कि अलि जटिल समस्य नै हो र ? दाइले भन्नुभयो त्यस्तो केही होइन बैनी कहिले पेटको समस्य कहिले टाउको दुख्ने जस्तै हो । मैले भने त्यसो भए जुस लिनुस् है दाइ तर दाइले भन्नुभयो जसु पनि नपिउँ कि क्या हो बैनी मलाई त बाहिरको पानी पिउन पनि डर लाग्छ भन्नुभयो । मैले भने दाइ चिन्ता गर्नुपर्दैन यहाँको पानी पनि १०० प्रतिशत शुद्ध छ ।

भनेपछि दाइले के सोच्नुभयो कुन्नी…..ल ल जुस नै पिउँन त भन्नुभयो । बैनी हिराले दुईजना दाइहरुलाई १÷१ गिलास जुस दिइन दाइले त एक गिलास र्फकाएर मेरो मन राख्नलाई त्यही १ गिलास जुसलाई अर्को गिलास मागेर आधा आधा वेद दाइ र लोक दाइले पिउनुभयो र जानुभयो ।
त्यो दिन लोक दाजुले हामीलाई छाडेर जानुभन्दा करिब ३५÷४० दिन अगाडि साउन महिना थियो । अहिले सम्झदा लाग्छ लोक दाइ त जाने बेलाभन्दा केही दिन अगाडि मलाई आफू जाँदैछु र मेरो घरको पानी पिउँन र विदा माग्न पो आउनु भारैछ दैवको यस्तो षडयन्त्रबाट म अनविज्ञ मलाई के थाहा उसले त दाइलाई मसँग विदा माग्न पठाएको पो रहेछ ।

करिब १२ वर्ष अगाडिसम्म यस्तो फेसबुकको चलन थिएन र त लोक दाइले मलाई पत्रमार्फत तमू संसारमा सामेल गर्नुभयो तर आज फेसबुकको व्यापकता बढेको छ । यसको प्रयोग नगर्ने मान्छे भेट्नै मुस्किल भइसक्यो…मलाई पनि फेसबुकले छोएको छ खासै समय नभएता पनि राती सुत्ने बेलामा १५÷२० मिनेट फेसबुक नखोले दिनै अधुरो अपुरो लाग्छ । मिति २०७१ साल भाद्र १९ गते बिहान पनि त्यसै गरी ६ नबज्दै फेसबुक खोले तर त्यो दिन मैले फेसबुक नखोलेको भए हुने रहेछ …यस्तो दुःखीत खबर पढ्नु पर्ने थिएन ।


सायद……रोशनी बैनीको लोक दाइको निधनको स्टाटस पढ्ने म सुरुमा नै परे मलाई एकछिन त विश्वास नै लागेन मन थाम्नै नसकेपछि रोशनी बैनीलाई फोन गरे कुरो सत्य रहेछ । त्यस्तो खासै ठूलो बिरामी केही थिएन अचानक त्यस्तो खबर सुन्नुप¥यो भनिन बैनीले जतिसक्दो चाँडो दाजुको निवास शान्तिपथमा जम्मा हुने कुरा भयो । करिब ११ बजेतिर म र उमा तमू भएर दाइकोमा पुग्दा रोशनी बैनी, दिप्ती, प्रकृति, श्याम दाइ लगायत अन्य आफन्तहरु पनि अन्तिम विदाइको लागि वहाँको निवासमा पुगिसक्नुभएको रहेछ । हामीले पनि धुपबत्तीसँगै पुष्प अर्पण ग¥यौ अनि रामघाट गएर दाइलाई अन्तिम विदाइ ग¥यौ ।


मान्छे जन्मदा नै मृत्यु पनि सँगै लिएर जन्मछ मृत्यु नहुने भए सायद जन्म पनि हुने थिएन होला लोक दाजुको मृत्यु अकल्पनीय सार्थक मृत्यु भयो । वहाँको अन्तिम विदाइका बेला देखिएको मानव लस्कारले वहाँप्रतिको सम्मानलाई प्रकट गरिरहेको थियो आज लोक दाजुको भौतिक शरीर हामी माझ नभएता पनि वहाँ सदा हाम्रो मन मष्तिष्कमा अमर रहनुहुनेछ । दाजुको आत्माले स्र्वगमा शान्ति पाओस् वहाँले देख्नुभएको सपनाहरु हामीले तमू संसार र अभियान फिल्म प्रोडक्शनको आध्यमबाट पूरा गर्न सकौं । आउनुस् तपाई हामी सबै सँगै हातेमालो गरौं………

थिए होलान् सपना हजार चुँडेर लग्यो दैवले
खड्की रहन्छ तिम्रो अभाव पूरा गर्दैन त्यो कुनै वैभावले

(लेखक तमू संसार पत्रिकाको भाषा सम्पादक एवम् गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष हुनुहुन्छ । तमू संसारका संस्थापक सम्पादक लोकबहादुर गुरुङको निधनपछि उहाँको सम्झनामा यो लेख तमू संसारको ५२औं अंकको लागि लेखिएका हो । २०७१ सालको तमू संसारको ल्होसार अंकमा यो लेख प्रकाशित छ)

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: