
रविन्द्र स्मृति भलिवलको उपाधी मातृभुमीलाई
बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव तथा स्व.रविन्द्र स्मृति भलिवल प्रतियोगिताको उपाधी मातृभूमी युवा क्लब, सिंगारेवासले जितेको छ ।

प्रतियोगितामा द्वितीय र तृतीय स्थान क्रमशः बाघमारा युवा संगम समूह, बागमारा र सिर्जनशिल युवा क्लब भर्तिपोखरा समूहले हासिल गरेका छन् ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय समूहलाई गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले क्रमशः २० हजार र १० हजार र पाँच हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै तीज गीत प्रतियोगिता तर्फ लक्ष्मी मा.वि.समूह प्रथम, पोखरा आमा समूह द्वितीय र अनुशासित आमा समूह तृतीय बनेका छन् । उत्कृष्ट नृत्य तर्फ बाघमारा युवा संगम समूह विजयी भएको छ ।
त्यस्तै खुल्ला तीज गीत प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट नृत्य गर्ने समूहलाई दुई हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रममा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपाली समाजको समाजिक तथा आर्थिक रुपान्तरणमा स्व.रविन्द्र अधिकारीको योगदानको स्मरण गरे ।
युवा स्वरोगार अभिबृद्धिका साथै ज्येष्ठ नागरिकका हक हित लगायतका विषय सरकारको प्राथमिकतामा रहेको उनले बताए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38