
साहित्यकार उजीर रानालाई मगर आदिकवि रेखबहादुर पुरस्कार
नवलपुर निवासी मगर साहित्यकार उजीर रानामगरलाई यस वर्षको “मगर आदिकवि सु. रेखबहादुर सारूमगर स्मृति साहित्य पुरस्कार–२०७६” प्रदान गरिने भएको छ ।

नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न बैठकले साहित्यकार रानामगरलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष धिरेन्द्र थापामगर “किसानी”ले जानकारी दिनुभयो ।
संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर संयोजकत्वको प्रतिभा छनौट समितिले साहित्यकार रानामगरलाई पुरस्कार दिन सिफारिस गरेको थियो । प्रतिभा छनौट समितिमा प्रदेश समितिकी निवर्तमान अध्यक्ष गीता थापामगर र अध्यक्ष धिरेन्द्र थापामगर “किसानी” सदस्य रहनुभएको थियो ।
साहित्यकार रानामगरलाई यही भदौ २८ गते मगर भाषाका आदिकवि रेखबहादुरको ७६ औं जन्मजयन्तीका अवसरमा सो पुरस्कार प्रदान गरिने सचिव कृष्ण थापामगर “मीगीन”ले जानकारी दिनुभयो । पुरस्कारको राशि सात हजार रुपैयाँ नगद, सम्मानपत्र र भाङ्ग्राले पुरस्कृत साहित्यकारलाई सम्मान गरिने उहाँले बताउनुभयो ।
यस पुरस्कारबाट यसअघि, फूलकुमारी थापामगर, लोकबहादुर थापामगर र रूद्रबहादुर हितानमगर सम्मानित भइसक्नुभएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38