ताजा खबर

रामेश्वर कृषि सहकारीको अध्यक्षमा भट्टराई

   २३ भाद्र २०७६, सोमबार १६:३५      1,332 views

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारी संस्था लिको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशनले डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँकार्यसमिति चयन गरी सम्पन्न भएको छ ।

समितिको उपाध्यक्ष शालिकराम भण्डारी, सचिवमा तारानाथ आचार्य, कोषाध्यक्षमा माधब आचार्य, सहसचिवमा विष्णुप्रसाद वराल, सहकोषाध्यक्षमा भोजराज आचार्य र सदस्यहरुमा डिल्लिराम शर्मा पौडेल, इन्द्राखत्री पोखरेल, तोयनाथ पौडेल, कृष्णकुमारी लामिछाने, कृष्ण अर्याल, खमबहादुर केसी, सिताराम गौतम सर्वसम्मत चयन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै सहकारी सदस्यहरुको सहकार्य र सहभागितामा संचालन हुनुपर्ने वताउँदै आफुले वडाबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा संस्थाका सल्लाहकार लिलाप्रसाद पंगेनी, विरुवा साकोसका अध्यक्ष चित्रराज वराल, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेल, सामाजिक अभियान्ता शुस्मा पौडेल, जिल्ला सहकारी संघका संचालक नवराज वराल लगाएतले वोलेका थिए ।

सो अबसरमा २०७५ सालको कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने स्वस्तीका सुवेदी, एसईई उत्तिर्ण श्रेया आचार्य, नविन गौतम कृति श्रेष्ठ र सन्देश पौडेल, शेयर सदस्यहरुमध्येबाट उत्कृष्ट कारोबार गर्ने सावित्रीकुमारी शर्मा वराल, भगवतीदेवी रेग्मी, पवित्रा सुवेदी भण्डारी, तारानाथ आचार्य र तोयानाथ पौडेल, उत्कृष्ट कर्मचारी तिलक आचार्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सम्पुर्ण ३ सय ३५ जना शेयर सदस्यहरुलाई कृषि औजार तथा तरकारीका विउ विजन वितरण गरिएको थियो ।

अध्यक्ष लक्ष्मण पोखरेलले संस्थाको बार्षिक प्रतिबेदन, कोषाध्यक्ष माधब आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक अग्निधर पौडेलले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: