ताजा खबर

सरकारले दुइतिहाइ दम्भमा लुटतन्त्र मच्चाएको छ ः नेता पौडेल

   २४ भाद्र २०७६, मंगलवार १६:१०      1,149 views

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुइतिहाईको भरमा सरकारले अदालत र अख्तियारलाई तर्साएर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रमको पोखरामा मंगलबार उद्घाटन गर्दै नेता पौडेलले अदालतले गरेका फैसलाहरु बाँझिनु भनेको दुइतिहाईकै हस्तक्षेप भएको बताए ।

उनले भने, दुइतिहाई देखाएर अदालतलाई तर्साउने, दुइतिहाइ देखाएर अख्तियारलाई तर्साउने काम भएको । एनसेलबारे अदालतले गरेको निर्णयमा सरकार किन बोल्दैन ?

उनले प्रश्न गरे, सरकार किन ठूला माछा समाउन सक्दैन ? एनसेल र वाईडबडीमा भएको भ्रष्टाचारमा अख्तियार परेको छ । साना माछा समाउँछन् । ठूला शासकलाई कारबाही गर्न सक्दैन ।

सरकारको काम कारबाहीबाट जनता असन्तुष्टि छन् । यसैले पनि सरकार पूर्ण रुपमा असफल भएको उनले आरोप लगाए ।

उनले भने, सत्तामा पुग्ने बेला सपना बाँडे, तर सपना अनुसारको काम नगरेको हुँदा जनतामा निराशा छाएको छ ।

‘सरकारले सामान्य काम पनि गर्न सक्दैन । देशमा डेंगुको महामारी छ, तर नियन्त्रण गर्ने क्षमता सरकारमा छैन,’ पौडेलले भने । सरकारको काम कारबाहीले संविधानको मर्मलाई आघात पु¥याउने काम भएको समेत उनले आरोप लगाए ।

उनले वीपीले देखाएको बाटो अंगिकार गरेमात्र काँग्रेसका सपना पूरा हुने बताए । उनले वीपीभन्दा ठूलो समाजवादी हुँ भन्ने कम्युनिष्ट देशको शासन गरे पनि उनीहरुले पक्षपातको शासन गरिरहेको बताए । उनले भने, आफ्नै कार्यकर्तालाई पोस्न मनी र मसलको प्रयोग गररहेकेका छन् ।

कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीले दिएको उम्मेदवारलाई भोट हाल्न काँग्रेसलाई निर्देशन दिए । उनले काँग्रेस हुँ भन्नेले रुखमा भोट दिए जित सुनिश्चित हुने बताए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य वृन्दादेवी रानाले जागरण अभियानबाट काँग्रेस एक ढिक्का भएको सन्देश जाने बताइन् ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले वीपीको समाजवादले मात्र देशको समृद्ध हुने बताए ।

काँग्रेस नेता एव प्रदेश सांसद बिन्दुकुमार थापाले कम्युनिष्टले सत्ताको दुरुपयोग गरेकै कारण जनता जागरुक भएको दाबी गरे ।

काँग्रेस क्षेत्र नं २ क्षेत्रीय सभापति माधव बास्तोला मधुले काँग्रेसको उपनिर्वाचन लक्षित गरेर काँग्रेस जागरण अभियानमा जनतामाझ जाने बताए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय प्रतिनिधि हरिप्रसाद श्रेष्ठ, ध्रव वाग्लेले पार्टी एक ढिक्का बनाउन जागरण अभियालने भूमिका खेल्ने बताए ।

काँग्रेस कास्की क्षेत्र २ (क) का सभापति विजयराज आचार्य, वडा इकाइ सदस्य मुनाकुमारी बास्तोला, क्षेत्र २ ख का सभापति दीपेन्द्र मर्सानी, क्षेत्रीय सचिव शंकर बास्तोला लगायत बोलेका थिए ।

यसैबीच, पोखरा ९ स्थित वीपी बाटिकामा नेता पौडेलले वृक्षरोपण गरे । सो अवसरमा विभिन्न जातका करिब डेढ सयभन्दा बढी बिरुवा रोपिएको छ ।

यसैबीच, काँग्रेस कास्कीले जिल्लाका विभिन्न क्षेत्रमा पनि जागरण अभियान सुरु गरेको जनाएको छ । योसँगै भोलिदेखि वडा इकाइसम्म जागरण अभियान जारी रहने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: