
मगर आदिकवि पुरस्कारबाट साहित्यकार उजीर राना सम्मानित
मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरको नाममा नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिद्वारा स्थापित “मगर आदिकवि सु. रेखबहादुर सारूमगर स्मृति साहित्य पुरस्कार–२०७६”बाट नवलपुरका साहित्यकार उजीर रानामगर सम्मानित हुनुभएको छ ।

शनिबार प्रदेश राजधानी पोखरामा मगर आदिकवि रेखबहादुरको ७६ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद् दीपक चर्तीमगरले साहित्यकार रानामगरलाई सो पुरस्कारबाट सम्मान गर्नुभएको हो ।
साहित्यकार रानामगरलाई नगद ७ हजार रुपैयाँ, भाङ्ग्रा, फेटा र सम्मानपत्रले सम्मान गरिएको थियो । पुरस्कृत व्यक्तित्व छनौटका लागि नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा प्रदेश समितिका निवर्तमान अध्यक्ष गीता रखाली थापामगर र अध्यक्ष धिरेन्द्र थापामगर “किसानी” सदस्य रहेको प्रतिभा छनौट समिति गठन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद् चर्तीमगरले लेखकहरूले राज्यसत्तालाई निरन्तर खबरदारी गरिरहनुपर्ने बताउनुभयो । राज्यले मगर आदिकविलाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याउँदै सांसद् चर्तीमगरले विगतमा राज्यका कारण आदिवासी जनजातिका मातृभाषा, संस्कृति ओझेलमा परेको उल्लेख गर्नुभयो ।
राजनैतिक परिवर्तनपश्चात आदिवासी जनजातिका भाषा, संस्कृति र भेषभूषाले फुल्ने अवसर पाएको भन्दै उहाँले अझै पनि चनाखो नभए कुनै पनि उपलब्धी गुम्ने खतरा पनि रहेको बताउनुभयो ।
मगर भाषालाई गण्डकी प्रदेशको सरकारी कामकाजको भाषा बनाइनुपर्ने बताउँदै सांसद् चर्तीमगरले मगर भाषालाई अदालत, प्रशासनलगायतका विभिन्न सरकारी निकायमा कामकाजको भाषाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । मगर भाषालाई कामकाजको भाषा बनाउन आफूले प्रदेशसभामा कुरा उठाउने बताउँदै मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन नसके जति कुरा गरेपनि त्यसको कुनै अर्थ नहुने बताउनुभयो ।
मगर भाषाका आदिकवि रेखबहादुरका छोरा शिवकुमार सारूमगरले आफ्नो बुबाले मगर भाषा र साहित्यका लागि दिएको योगदानलाई परिवारका तर्फबाट पनि सक्दो स्थापित गर्ने प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।
नेपाल मगर संघ, गण्डकी प्रदेशकी उपाध्यक्ष तारामाया थापामगरले आफूले पनि साबिक नेपाल मगर लेखक संघ, गण्डकी अञ्चल समितिमा रहेर काम गरेको अनुभव सुनाउँदै मगर भाषा, साहित्यको विकासमा संघले पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
सो अवसरमा नेपाल मगर लेखक संघका संस्थापक महासचिव समेत रहेका सम्मानित व्यक्तित्व उजीर रानामगरले आफ्नो उचित मूल्यांकन भएको भन्दै आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
मगर भाषा, साहित्यको विकासमा आफूले निरन्तर कलम चलाइराख्ने बताउँदै उहाँले सम्मान र पुरस्कारका लागि भन्दा पनि समाज र देशका लागि आफूले कलम चलाउने उल्लेख गर्नुभयो ।
नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरले अग्रज पुस्ताले मगर भाषा, साहित्यमा दिएको योगदान महत्वपूर्ण रहेको भन्दै नयाँ पुस्तालाई पनि आफ्नो मातृभाषा र साहित्यप्रति आकर्षित गर्नु अहिलेको मुख्य चुनौती भएको उल्लेख गर्नुभयो ।
गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङले आदिवासी जनजाति समुदायमा पनि बिस्तारै लेखन र पठन संस्कृतिको विकास हुन थालेको भन्दै आफ्नो मातृभाषामा कलम चलाउनु निकै चुनौतीपूर्ण रहेको बताउनुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38