
तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिद्धारा पोखरामा स–फुँ–क्ह्याल्स साँस्कृतिक साँझ सम्पन्न
तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा हिजो पोखरा सभागृहमा एक भव्य समारोहका बीच स– फुँ–क्ह्याल्स साँस्कृतिक साँझ सम्पन्न भएको छ ।

तमू जातिको कुल धर्म बोन धर्मको बारेमा साँस्कृतिक कार्यक्रम मार्फत प्रचार प्रसार गर्न र आगामी २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा धेरै भन्दा धेरै बोन धर्मावलम्बीको सङख्या बढाउन सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

खचाखच भरिएको दर्शकमाझ युवा कलाकारहरुले करिब दर्जन भन्दा बढी मौलिक साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए भने गुरुङ जातिको लाहुरे परम्परा, विवाह, मृत्यु लगायतको मौलिक संस्कारको बारेमा आफनो अभिनायत्मक प्रस्तुती मार्फत प्रष्ट पारेका थिए ।

तमू प्ये ल्हु संघ केन्द्रिय पुच्यु समितिका अध्यक्ष कुलप्रसाद क्रोम्छे तमूले आशिमला पढेर सुरु गर्नुभएको कार्यक्रममा गायक मिलन लामा, गायक तथा संगीतकार धनबहादुर गुरुङ र गायिका कुशुम गुरुङले आफनो गीत संगीत प्रस्तुत गरेका थिए भने तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिमा आबद्ध करिब ६० जना कलाकारले नृत्य र अभिनय मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए ।
कार्यक्रमलाई तमू प्ये ल्हु संघ युकेले मुख्य प्रायोजन गरेको थियो भने तमू प्ये ल्हु संघ हङकङले सह प्रायोजकको रुपमा सहयोग गरेको थियो ।

यस्तै रामकाजी त्होर्जे तमू र श्रीमती शकुन्तला भुच्चा तमू, गुरुङ कटेज घान्द्रुक, डब्लुओटु बलबहादुर टु क्लेप्री तमू, ल्वाङ टी इस्टेट प्रा.लि.ले लगायत थुप्रै संघ संस्था तथा व्यक्तित्वहरुले प्रायोजकको रुपमा सहयोग गरेको थियो ।

तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका अध्यक्ष सुकबहादुर तमूको अध्यक्षतमा भएको कार्यक्रममा कोषाध्यक्ष जीवन प्हच्यु तमूले कार्यक्रमको उद्देश्य बारे प्रष्ट पारेका थिए भने उपाध्यक्ष रुपा ल्हेगे तमूले स्वागत मन्तव्य दिनुभएको थियो । समितिका महासचिव पवित्रा तमूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।



तस्विर दिलु कोन्मे तमू
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38