ताजा खबर

सिक्लेसमा २ करोडको लागतमा नम्जु च्युउली युँउला क्होईबु बन्दै, एकैदिन १ करोड संङकलन

   ३० भाद्र २०७६, सोमबार २१:०९      2,789 views

कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेसमा करिब २ करोडको लागतमा नम्जु च्युउली युँउला क्होईबु निर्माण हुने भएको छ ।

तमू जातिको मौलिक र कुल धर्म बोन धर्मको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो क्होइबो निर्माणको सहयोगार्थ आज पोखरामा रहेको चिउली पार्चे तमू समाज घरमा एक भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रम मार्फत आज एकदिनमा मात्रै १ करोड ४ लाख ४६ हजार आर्थिक सहयोग प्राप्त भएको नम्जु च्युउली युँउला क्होईबुका अध्यक्ष तथा पच्यु गुरु कुलप्रसाद क्रोम्छे तमूले जानकारी दिनुभएको छ ।

कार्यक्रममा क्होइबो निर्माणको लागि भन्दै सिक्लेस हर्पुथर क्रोम्छे परिवारबाट ५ लाख रुपैंया प्राप्त भएको छ । सोहि परिवारको क्रोम्छे चेलिबेटीबाट २ लाख ५ हजार सहयोग प्राप्त भएको छ । यस्तै सभाथर भाइखलकबाट ५ लाख ५९ हजार १ सय १० रुपैंया प्राप्त भएको छ भने कास्कीको मिर्सा गाउँका क्रोम्छै भाइखलकबाट ५० हजार र सोहि खलकको चेलिबेटीबाट २५ हजार प्राप्त भएको छ ।

यस्तै चन्द्रबहादुर गुरुङबाट ५ लाख प्राप्त भएको छ भने क्होइबोका अध्यक्ष कुलप्रसाद क्रोम्छे तमूबाट व्यक्तिगत ३ लाख तथा उहाँका छोरी ज्वाईहरु रुपा क्रोम्छे, टिका क्रोम्छे र प्रमिला क्रोम्छे हाल हङकङकबाट गरि रु. ६ लाख रुपैंया प्राप्त भएको छ ।


यस्तै हङकङबाट नै शेरबहादुर क्रोम्छेबाट १ लाख, मायाकुमारी क्रोम्छेबाट १ लाख, यस्तै वीरध्वोज गुरुङबाट १ लाख, सुजन र निशान थापाबाट १ लाख, टेकसिंह क्रोम्छेबाट २ लाख लेखबहादुर क्रोम्छेबाट २० हजार, अरुण क्रोम्छेबाट १ लाख, तेजबहादुर क्रोम्छेबाट १ लाख, संगीता क्रोम्छेबाट १ लाख, पूर्णबहादुर क्रोम्छेबाट १ लाख, होमाया क्रोम्छेबाछ १ लाख तथा अन्य सहयोगदाताबाट समेत गरी हङकङबाट मात्रै २० लाख रुपैंया आर्थिक सहयोग प्राप्त भएको छ ।

कार्यक्रममा गुनश्री गुरुङ अमेरिकाबाट १ लाख, हाईसुब्बा गुरुङ सितलादेवीबाट ५० हजार, चुरमान गुरुङबाट ५० हजार, गोपीराज गुरुङबाट १० हजार, बेलबहादुर गुरुङ सितलादेवीबाट १० हजार, इन्द्रकुमारी गुरुङबाट १० हजार, बबी गुरुङबाट १० हजार, लालकुमारी गुरुङबाट १० हजार र सु.रनबहादुर गुरुङबाट १० हजार प्राप्त भएको छ ।


यस्तै घान्द्रुक गरब्जा चेलीबेटीबाट ५० हजार, काजी गुरुङ अर्मलाबाट ५० हजार प्राप्त भएको छ भने अन्य थुप्रै चन्दा दाताहरुले क्होइबो निर्माणको लागि आर्थिक सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

नम्जु च्युउली युँउला क्होईबुका अध्यक्ष कुलप्रसाद गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा समाजका युवा कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । भने कार्यक्रमको सञ्चालन चलचित्र निर्देशक एवम् संस्कृतिकर्मी कृष्णकुमार गुरुङले गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: