
लायन्सद्धारा फलेपाटन स्थित शिद्व मा.वि.मा शुद्ध खानेपानी सहितको टंकी हस्तान्तरण
पोखरा महानगरपालिका वडा नं. १५ फलेपाटन स्थित शिद्व मा.वि. मा शुद्व खानेपानी सहितको टंकी हस्तान्तरण भएको छ ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड बिद्यालय यू.के.को आर्थिक सहयोगमा स्विस टेक्ननोलोजी अनुरूप निर्माण गÞरिएकों टंकी २ लाख १२ हजÞार लागतमा निर्माण सम्पन्न भएको छ ।
मंगलवार बिधालय परिसरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गर्भनर ध्रुर्वबहादुर थापाले शुद्व खानेपानी सहितको अण्डरग्राउंड टंकी हस्तान्तरण गर्नु भएको छ ।

खानेपानी टंकी हस्तान्तरण गर्दै प्रमुख अतिथि थापाले जहाँ आवश्यकता त्यहा लायन्स भन्ने उदÞ्घोषका साथ लायन्स क्लबले सामाजिक र मानवीय क्षेत्रमा पु–याएको सहयोग निकै सह्रानिय रहेको बताउनुभयो । खानेपानी प्रोजेक्ट ल्याउन सफल लायन्स लिडर सोनाम स्याङपो समग्र लायन्सहरुले गौरव गर्नुपर्ने ब्यक्ति रहेको बताउनुभयों ।
पोखरा महानगरपालिका वड़ा नं १५ का वडाध्यक्ष प्रकाश पौडेलले सरकारी एवं सामुदायिक बिधालयले सोचे किसिमको प्रतिफल दिन नसकेको यथार्थता प्रस्तुत गर्दै बिधालयका र बिधार्थीका समस्यालाई लायन्ससँग जोड़ीएर धेरै समस्या हल भएको जोड़ दिदै छात्रबृति देखि शैक्षिक सामग्री वितरणले लक्षित वर्गका बिधार्थीहरुको न्युनतम आवश्यकता पूर्ति गरेको बताउनु भयों ।
त्यस्तै वड़ा नं ३ का वड़ाध्यक्ष एवं लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष रविंसन प्रजुले सामाजिक र मानविय सेवाका कार्यमा लायन्स अग्रस्थानमा रहेको बताउनु भयों ।
लायन्स क्लब अफ पोखरा अन्नपूर्ण पूर्व अध्यक्ष एवं परियोजनाका निर्देशक सोनाम साङपोले लायन्स क्लब अफ पोखरा अन्नपूर्णको सहकार्यमा निर्मित शिद्व मा.बि.को खानेपानी टंकी २२ औ रहेको १ वटा बिद्यालयमा उद्घाटनको तयारीमा रहेको जानकारी दिदै अन्य सरकारी स्कूललाई आवश्यकता छ भने उपलब्ध गराउन सकिने समेत जानकारी दिनुभयो ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38