
सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ११ पुग्यो
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ जना पुगेको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुमा इन्द्रावती गाउँपालिका–९, का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य, पाँचखालकी संगीता पुरकोटी र बसका चालक काभ्रेकै केदार महाजु छन् । बाँकीको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र सिपाटारबाट काठमाण्डौ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिकामा पर्ने भीमटार नजिक दुर्घटनामा परेको हो ।
बसमा दशैँ मनाएर काठमाण्डौ फर्कंदै गरेका यात्रुहरु थिए । यसैबीच प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल सेनाको हेलिकोप्टर लिएर घटनास्थल पुग्नुभएको छ । केही घाइतेकाे उपचार बनेपामा रहेकाे शिर मेमोरियल अस्पतालमा भैरहेकाे छ । घाइतेमध्ये २३ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाण्डौ ल्याइएको प्रहरीले जनाएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38