
विरुवा मार्ग टोलविकासको अध्यक्षमा केसी
पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको विरुवा मार्ग टोल विकास संस्थाको चौथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः खमबहादुर केसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरि शनिबार सम्पन्न भयो ।

समितिको सचिवमा शालिकराम भण्डारी, कोषाध्यक्षमा हरिश्चन्द्र शर्मा, सहसचिव जिवननाथ शर्मा, सदस्यहरुमा राधा ढकाल, सीता क्षेत्री, रुद्रप्रसाद सुवेदी, लक्ष्मण जिसी, बोमबहादुर गुरुङ, कृष्णबहादुर कार्की चयन भएका छन् ।
साधारण सभाको उद्घाटन पोखरा १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै उनले टोल विकास संस्थाहरुले गरेका कार्यहरु नै वडाका कार्य भएको हुँदा विकास निर्माण तथा अन्य सामाजिक कार्यहरु गर्दा टोलविकास संस्थाहरुसंग वडा सहकार्य गर्ने वताए ।
सो अवसरमा पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका योगी, वडा सदस्यहरु वैकुण्ठ भण्डारी, शान्तादेवि गुरुङ, तारा सेवा परियार, घारीकुलो टोल विकास समितिका पुर्व अध्यक्ष कृष्णप्रसाद पौडेल, विरुवा मागै आमा समुहकी अध्यक्ष गौरी थापा, विवेकशील युवा क्लबका अध्यक्ष संजय जैसी, सल्लाहकार तिलक आचार्य, सदस्य बुद्धिमान गुरुङ लगाएतले वोलेका थिए ।
संस्थाका अध्यक्ष खमबहादुर केसीले संस्थाको वार्षिक प्रगतिप्रतिवेदन, कोषाध्यक्ष हरिश्चन्द्र शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38