ताजा खबर

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषा संवैधानिक कामकाजी भाषा हुन्छ ः मुख्यमन्त्री गुरुङ

   ३ कार्तिक २०७६, आईतवार १९:२४      1,541 views

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आज पोखरामा दसै, तिहार, छठ लगायत विभिन्न नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा शुभकामना व्यक्तगर्नुहुँदै प्रमुख अतिथि एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसपालीको दसै चिनिया राष्ट्रपतिको नेपाल भ्रमणले गर्दा सबैमा खुसीयाली पूर्वक बितेको बताउनुभयो ।

साथै उहाँले नेपालमा स्थानिय तहहरुले अझै संघीयताको महसुश गर्न नसकेको भन्दै संघ र प्रदेशका जनप्रतिनिधिहरुको पारिश्रमिक र सेवा सुविधा स्पष्ट रुपमा कानुनमा उल्लेख गरेको तर स्थानिय तहका जनप्रतिनिधिको हकमा भने पारिश्रमिक उल्लेख नभई सेवा र सुविधा मात्रै भनिएकोले आफूहरु छिटो संविधान संशोधन गरेर स्थानिय तहका जनप्रतिनिधिको पारिश्रमिक कानुनमा उल्लेख गराउने पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा उहाँले हरेक प्रदेशले नेपाली भाषा भन्दा बाहेक दुईवटा अन्य भाषालाई संवैधानिक कामकाजको भाषाको रुपमा प्रयोग गर्न पाउने अधिकार रहेको भन्दै गण्डकी प्रदेशमा बाहुल्यताको आधारमा गुरुङ र मगर भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न आफुहरु तयार रहेको बताउनुभयो ।

नेपालका पहिचानवादीहरु दुईधारमा देखिएको भन्दै मुख्यमन्त्री गुरुङले एकाथरी पहिचानवादीहरु पहिचानको कुरा गरेर आफनो वर्चश्व कायम गर्ने दाउमा रहेको र अर्कोथरी साँच्चैकै आफूभित्र रहेको दमनलाई बाहिर ल्याउन र मुक्तिको पक्षमा रहेको बताउनुभयो ।

समाजमा जबसम्म सरकारी र बोर्डिङ स्कुलहरु रहन्छ तबसम्म विभेद पनि कायम नै रहने उहाँले बताउनुभयो ।

देशमा अहिले सभामुखदेखि पुर्वमन्त्री र सांसदहरुलाई पनि पक्रेर उनीहरुको गल्तीको आधारमा कारबाही पनि भईरहेको भन्दै यसले देशमा लोकतन्त्र आएको महसुश गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले देश विकासको लागि हरेक मानिसको आनीबानीमा परिवर्तन गर्न जरुरी रहेको भन्दै अरुसँग माग्ने र अरुको भरपर्ने प्रवृत्तिले कहिल्यै विकास नहुने भन्दै आफै सबल बन्न सबैले प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश विकास समितिका सभापति दीपक कोइरला, सञ्चारिका समुख गण्डकी प्रदेशका अध्यक्ष स्मिता अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव कोइरला लगायतले शुभकामना दिनुभएको थियो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कार्याबाहक अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: