
मृगौला पिडित मनिषा गुरुङको उपचारको लागि पोखरामा देउसी भैलो, हालसम्म ८ लाख संकलन
मनिषा गुरुङ बचाउ अभियान सहयोग समिती मार्फत दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रमाबाट संकलित रकम परिवारलाई हस्ताण्तरण गरिएको छ ।

मादी गाउँपालिका ७ थाक स्थाई घर भई हाल पोखरा महानगर पालिका १३ लामोडहर बस्ने २४ वर्षिय स्टाफ नर्स मनिषा गुरुङको दुवै मृगौला फेल भई उपचारत रहनु भएको छ ।
हाल हप्ताको दुई पटक डाईलासिस गर्दै आउनु भएकी मनिषा गुरुङको मृगौला प्रत्यारोपण गरी नयाँ जीवन दान गर्न आफनै बाबा नेत्रबहादुर गुरुङ मृगौला दान गर्न तयार हुनुभएको छ ।
तर उक्त कार्यको लागि डाक्टरले करिब २० लाख बढी रकम लाग्ने जानकारी दिएपछि आमा सुनदेवी गुरुङलाई झन चिन्तित हुनुभएको छ ।
स्वदेशमै बिरामीको सेवा गर्ने पवित्रा लक्ष्य लिएकी मनिषा गुरुङ लक्ष्य अनुसार नर्स बन्न त सफल भईन बिडम्बना आफै बिरामी भई हस्पिटलको बेडमा पुग्नु परयो । उहाँ बाँचेर पुनः निस्वार्थ रुपमा बिरामीको सेवा गर्ने चाहाना व्यक्त गर्नुहुन्छ ।

जसको लागि मनिषाको मृगौला प्रत्यारोपण अपरिहार्य रहेको छ । तसर्थ परिवारले मात्र उपचार संम्भव नभएपछि मादी गाउँपालिका वडा नं ७ को वडा अध्यक्ष लालबहादुर गुरुङ सहितको उपस्थतीमा जनकाल्याण तमू समाज (थाक )माटेपानी को अध्यक्ष ईन्द्रबहादुर गुरुङको अध्यक्षतामा सचिव शेरबहादुर गुरुङ कोषाध्यक्ष रोबिन गुरुङ प्रचार संयोजक बालकृष्ण गुरुङ लगायत देश विदेशमा रहनु भएका समाजसेवीहरु रहेको मनिषा गुरुङ बाचाउ अभियान सहयोग समिती गठन गरि अहिले देश विदेशमा सहयोग अभियान तिब्र रुपमा अगाडी बढाईएको छ।

सहयोग समिती अन्तर्गत दिपावलीको अवसरमा देउसी भैलो मार्फत सहयोग जुटाउन युवा व्यवसायी समाजसेवी दुर्गबहादुर गुरुङको संयोजकत्वमा देउसी भैलो कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रमका लागी कलाकार संयोजन लोकप्रसाद गुरुङ र व्यवस्थापन जिम्मेवारी सिल्दु जनसेवा युवा क्लबका कोषाध्यक्ष प्रेम गुरुङले गर्नुभएको थियो । कार्यक्रमको उद्घघोषण समाजसेवी युवा नेता बालकृष्ण गुरुङ र वडा अध्यक्ष लालबहादुर गुरुङले गर्नु भएको थियो ।
शिल्दु जनसेबा युवा क्लब थाक र अनुशिलण पाठशाला लगायतको कलाकारहरुको साथ रहेको उक्त देउसी भैलोबाट संकलित ३ लाख १४ हजार १ सय २० रुपैया रकम देउसी भैलो संयोजक दुर्गाबहादुर गुरुङले मनिषा गुरुङ बचाउ अभियान सहयोग समितलाई र समितिले पिडित परिवारलाई हस्ताण्तरण गरेको थियो ।
यसैबीच मादी ७ का वडा अध्यक्ष आफै देउसी भैलोमा खटिनुभयो उहाँले मनिषा गुरुङको उपचारको लागि वडा तथा गाउँपालिका र नेपाल सरकारबाट उपलब्ध हुने सेवा सुबिधा प्रदान गर्दै देश विदेशबाट प्राप्त सहयोगले छिटै मनिषा पुर्ण रुपमा स्वस्थ्य हुने बताउनुभयो ।
सहयोग समितीका अध्यक्ष ईन्द्रबहादुर गुरुङले मनिषा गुरुङ मात्र नभई यस्तो दुःखमा सबैलाई सहयोग गर्ने बताउदै समितिले सहयोग रकम जुटाउदै गरेको र सहयदाताहरुलाई धन्यवाद दिदै सम्पुर्णलाई सहयोगको लागि अनुरोध गर्नु भयो ।
सहयोग समितीका शेरबहादुर गुरुङले मनिषा गुरुङ बचाउ अभियानसँग समन्वय र अनुमती लिएर विधिवत रुपमा सहयोग संकलन गर्न सम्पुर्णलाई अनुरोध गर्नुुभयो ।

यस अभियान प्रचार संयोजक बालकृष्ण गुरुङले मनिषा गुरुङ बचाउ अभियानका लागि देश विदेशमा सामाजिक अभियन्ता संघ संस्थाले सहयोग संकलन गरिरहेको जानकारी सहित सहयोगदाता र अभियन्ताहरुलाई धन्यबाद दिनुभयो ।
देउसी भैलो संयोजक दुर्गाबहादुर गुरुङले देउसी भैलो समापन भएको र अब सहयोग समिती र सामाजिक अभियन्ता मार्फत सहयोग गर्न अपिल गर्दै देउसी भैलो कार्यक्रममा आर्थिक नैतिक भौतिक साथ दिनुहुने सम्पुर्णलाई धन्यबाद दिनुभयो ।
सहयोग समितीका कोष अध्यक्ष रोबिन गुरुङले हालसम्म मनिषा गुरुङ बचाउ अभियानमा करिब ८ लाख सहयोग प्राप्त भएको समितीको लक्ष्य उपचारको लागि अवश्यक २० र २५ लाख रकम जुटाउने रहेको जानकारी गर्नुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38