
संस्कृति प्रबद्र्धनको निम्ति ताङतिङमा सिफपि ग्रीन बिल्डिङ नेदरल्याण्डले सहयोग गर्ने
कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङमा ताङतिङ इको टुरिजम डेभलपमेन्ट प्रोजेक्ट अन्तरगत संस्कृति संरक्षण र प्रबद्र्धनको निम्ति विभिन्न कार्यक्रम हुनेभएको छ ।

सिफपि ग्रीन बिल्डिङ नेदरल्याण्डको २२ लाख ७५ हजार आर्थिक सहयोगमा सो कार्यक्रम हुने हिजो ताङतिङमा आयोजित एक कार्यक्रममा आयोजक र स्थानियबीच सहमति भएको छ ।
कार्यक्रमलाई ग्रामीण जनताको उज्यालो बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्र ताङतिङले स्थानिय संयोजनकर्ताको रुपमा सहयोग गरेको उक्त संस्थाका कोषाध्यक्ष डिल्लीजंग गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तरगत ३० मिनेटको वृत्तचित्र निर्माण गर्ने र जस अन्तरगत स्थानियलाई क्यामेरा, स्क्रिप्ट लेखन र भिडियो सम्पादन सम्बन्धी तालिम दिईने छ ।

यस्तै गुरुङ संस्कृतिको संरक्षणको लागि समुह गठन गर्ने, संगीतका विभिन्न बाजाहरु मादल, हारमोनियम तथा पञ्चे बाजा संरक्षण र प्रर्बद्धनको निम्ति आर्थिक सहयोग गर्ने छ भने गाउँको विभिन्न स्थानमा सूचना सम्बन्धी डिस्प्ले बोर्ड राख्ने,

चोकचोकमा जस्ता पातामा ताङतिङ सम्बन्धी विभिन्न जानकारी लेखेर राख्ने, होम स्टे र होटलहरुको प्रबद्र्धनमा सहयोग गर्ने, ठाउँ ठाउँमा डष्टविन राख्ने तथा होटल एवम् होम स्टे सञ्चालकहरुलाई कुकु र हाउसकिपिङ सम्बन्धी तालिम प्रदान गरिने छ । सहयोगी दाताहरुलाई हिजो ताङतिङमा स्थानियले भव्य स्वागत गरेको थियो ।


आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38