ताजा खबर

सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

   १८ कार्तिक २०७६, सोमबार १५:४३      1,007 views

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

सोमबार दुईजनाको शव फेलापरेसँगै मृतकको संख्या १९ पुगेको हो । सोमबार सुनकोसी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एकजना र अर्का एकजनाको शव घटनास्थलबाट केही तलमात्रै भेटिएको प्रहरीले जनाएको छ ।

सोमबार शव भेटिएका दुईजनाको परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

आइतबार मृत्यु हुनेमा एक पुरुष, सात महिला, ६ बालक र तीन बालिका रहेका थिए । आइतबार मृत्यु भएका १७ जनाकै सनाखत भइसकेको छ ।

दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । तीमध्ये तीनजनाको धुलिखेल अस्पतालमा र दुईजनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अरु घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको छ ।

आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रीवाहक बस सुनकोसी नदीमा खसेको थियो ।बसमा ६५ भन्दा बढी यात्री सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट करिब १०० मिटर तल सुनकोसीमा खसेर दुर्घटना भएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: