ताजा खबर

घुम्टे युवा परिवारको आयोजनामा १ दिने निशुल्क आखा शिविर सञ्चालन गरिदै ।

   १८ कार्तिक २०७६, सोमबार १५:५०      1,226 views

सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले कात्तिक १९ गते १ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।

गलकोट नगरपालिका वडा नं ७ को समन्वय मल्मका विभिन्न संघ संस्थाहरु र गलकोट अप्टिकल हटियाको सहकार्यमा १ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा रहेका जनताको आँखाको समस्यालाई मध्यनजर गरि आँखा शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष थापाले बताउनु भयो । संस्थाको कार्यालय मल्म सप्ताहघाटमा भएको प्रतिनिधीमुलक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले शिविर आँखा सफल पार्न थम्मन थापा सन्देशको संयोजकत्वमा जनप्रतिनिधी, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, कार्यसमिति पदाधीकारीहरु, सल्लाहकार, युवाहरु गरि २७ सदस्यीय शिविर व्यवस्थापन समिति चयन गरेको छ । 

आँखा शरिरको अत्यन्तै संवेदनशिल र महत्वपुर्ण अंग भएकोले आँखाका समस्या भएका व्यक्तिहरुलाई लक्षित गरि कात्तिक १९ गते घुम्टे युवा परिवारको प्राङगड मल्म सप्ताहघाटमा शिविर गर्न लागिएको संस्थाले जनाएको छ । शिविर बिहान ८ बजेदेखि सञ्चालन गरिने बताईएको छ ।

शिविरमा निशुल्क आँखा चेक जाँच गरि रिपोर्ट उपलब्ध गराउने, सामान्य औषधीहरु निशुल्क उपलब्ध गराउने आखाँ डक्टर रुद्र बहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार समस्याको पहिचान गरि अलि बढि महँगो औषधी र चश्माको लागि भनें विरामी आफैले रकम खर्च गर्नु पर्ने हुन्छ । आँखा शिविरको लागि शिविर स्थलको आन्तरिक तथा बाहिय व्यवस्थापन घुम्टे युवा परिवार, स्थानिय विभिन्न संघ संस्थाहरु र वडा कार्यालयले गर्ने त्यस्तै डक्टर, आवश्यक उपकरणहरु र औषधीहरु गलकोट अप्टिकल हटियाले व्यवस्थापन गर्ने छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: