
नेकपा कास्कीद्धारा विद्या भट्टराईको उम्मेदवारी घोषणा, चुवान जित्न आक्रमक ढंङ्गले लाग्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले यहि मंसीर १४ गते हुने प्रतिनिधि सभा उप–निर्वाचनमा कास्की क्षेत्र न.२ बाट विद्या भट्टराईको उम्मेदवारी घोषणा गरेको छ ।

आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि नेकपा कास्कीले आफनो ५औं बैठकको निर्णयहरु सार्वजनिक गर्दै उप–निर्वाचनमा आफनो पार्टीको उम्मेदवार विद्या भट्टराईलाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति परिचालित हुने जनाएको छ ।
यस्तै बैठक कार्तिक २१ गते कास्की क्षेत्र नं.२ प्रतिनिधि सभा उप–निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्ने र जिल्ला निर्वाचन कार्यालयमा उम्मेद्वार दर्ता गर्न जुलुशसहित जाने निर्णय गरेको छ ।
नेकपाले कार्तिक २३ गते निर्वाचनसँग सम्बन्धित जिल्ला स्तरीय वृहत कार्यकर्ता प्रशिक्षण भेला पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलको उपस्थितीमा पोखरा सभागृहमा आयोजना गर्ने निर्णय गरेको छ ।

कार्तिक २४ गते निर्वाचन क्षेत्र नं. २ मा पर्ने ११ वटै वडा निर्वाचन परिचालन समितिको कार्यालयहरु उद्घाटन गर्ने भएको छ ।
यस्तै निर्वाचनलाई व्यवस्थित गर्नका लागि पार्टीका कास्की जिल्ला ईञ्चार्ज राजकाजी गुरुङको संयोजकत्वमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरिएको छ भने जिल्ला अध्यक्ष कृष्ण थापाको संयोजकत्वमा २ हजार ६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
यस्तै ११ वटै वडा स्तरीय निर्वाचन कमाण्ड टिम पनि गठन गरिएको छ ।
जसमा वडा नं. १६ को संयोजकमा राजकाजी गुरुङ, ११ मा चुडामणी जंगली, ७ मा सिता गिरी ओली, ३३ मा भीम कार्की, ८ मा शारदा सुवेदी, १७ मा कृष्ण थापा, १५ मा बखानसिंह गुरुङ, ४ मा दामोदर बैरागी, ९ मा प्रभा कोइराला, २१ म दीपक पौडेल र २० मा विश्वप्रकाश लामिछानेलाई संयोजक तोकिएको छ ।
यस्तै जनवर्गिय मोर्चा संगठन परिचालन कमिटीको संयोजकमा श्रीनाथ बराल, सह संयोजकमा विनय थापा सहित २६ वटा उप समितिहरु गठन गरिएको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।
साथै अध्यक्ष थापाले निर्वाचनलाई स्वस्थ ढंगाले अगाडी बढाउन निर्वाचन आयोगले तोकेको २५ लाख बजेटभित्र रहेर खर्च गरिने र जनताका सामु सुशासन र विकासको मुल नारालाई लिएर आफूहरु भोट माग्न जाने बताउनुभयो ।
पार्टीका कास्की जिल्ला सचिव बखानसिंह गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष कृष्ण थापाले आफूहरुले यसपटक १३ हजार ५ सय ४२ मत अन्तरले चुनाव जित्ने दावी समेत गर्नुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38