
काठमाडौ र पोखरामा एकैसाथ सुरु हुने साग खेलको यस्तो छ तालिका
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत काठमाडौ र पोखरामा एकैपटक सुरु हुँदैछ ।

सागको विशेष उद्घाटन मंसिर १५ गते हुने भए पनि केही खेलहरु भने उद्घाटन अगावै सुरु हुने तालिकामा देखाइएको छ । साग अन्तरगत कुल २८ खेल हुनेछन जस मध्ये पोखरामा ९ खेल हुनेछन । मंसिर १५ गते काठमाडौ र पोखरामा एकैसाथ सागको विधिबत उद्घाटन गरिनेछ ।
पोखरामा आयोजना हुने प्याराग्लाइडिङ खेल मंसिर १४ देखि मंसिर २३ गते सम्म हुने तालिकामा देखाइए पनि प्याराग्लाइडिङ खेल हुने नहुने बारे अझै टुङ्गो लागि सकेको छैन । कुल ८ वटा पदक भएको यो खेल नहुने हो भने नेपाललाई पदक शंख्यामा निराशा व्योर्हनुपर्नेछ ।
पोखरामा यस अघि अन्तर्राष्ट्रियस्तरका प्याराग्लाइडिङ प्रतियोगिता भन्दै वर्षेनी आयोजना भए पनि सागका बेला भने अन्यौलता छाउनु खेलप्रेमीहरु र खेलाडीले अचम्भ मानेर हेरेका छन । तर राखेप र नेपाल ओलोम्पिक कमिटीले प्याराग्लाइडिङ गर्न आफ्नो तर्फ बाट पहल गरेको भए पनि त्यो सम्भव हुन सकेको छैन । नेपाल जस्तै गरि अन्य दक्षिण एसियाली मुलुकमा खेलाडीहरु भए पनि आधिकारिक रुपमा संघ दर्ता नहुँदा समस्या उत्पन्न भएको हो ।
यसै गरि पोखरामा हुने साग खेल मध्ये व्याडमिन्टन खेल मंसिर १५ गते बाट पोखरा स्थित व्याडमिन्टन कभर्डहलमा हुने छ । यसै गरि मंसिर १६ गते महिला क्रिकेट पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदानमा आयोजना हुनेछ । यसै गरि आर्चरी खेल महिला र पुरुषको पोखरा रंगशाला स्थित आर्चरी खेल मैदानमा मंसिर १७ सुरु हुनेछ । यसै गरि पोखरामा हुने साग अन्तरगतको महिला फुटबल मंसिर १९ बाट सुरू भएर समापन मंसिर २४ गते हुनेछ ।
पोखरामा खेल हुने मध्ये ह्याण्डबल खेल महिला पुरुषको मंसिर १८ गते बाट सुरू हुनेछन । दुई वटा स्वर्ण पदकका लागि हुने खेलमा ६ वटा राष्ट्रको सहभागिता हुनेछ । पोखराको वहुउद्धेश्यिय कभर्डहलमा हुने ह्याण्डबल खेलका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोलीले विगत ३ महिना देखि प्रशिक्षणमा व्यस्त छ ।
साग अन्तरगत सबैभन्दा पहिला भलिबल महिला पुरुषको खेल कार्तिक २७ गते बाट त्रिपुरेश्वर स्थित कभर्ड हलमा सुरू हुनेछ । भलिबल खेल अन्य खेलको दाँजोमा सबै भन्दा पहिला सुरू हुने मध्येको एक हो । यसै गरि उशु खेल मंसिर १३ गते बाट लगनखेल स्थित आर्मी कभर्ड हलमा हुनेछ ।
यसै गरि बिच भलिबल र भारोत्तोलन खेल मंसिर १९ गते बाट पोखरामा हुनेछन । विच भलिबल पोखराको बाराहीघाट स्थित विच भलिबल कोर्टमा हुनेछ भने भारोत्तोलन खेल पोखरा माटेपानी स्थित केसी क्याटरिङको हलमा हुनेछ ।
साग अन्तरगत सबैभन्दा पहिला भलिबल महिला पुरुषको खेल कार्तिक २७ गते बाट त्रिपुरेश्वर स्थित कभर्ड हलमा सुरू हुनेछ । भलिबल खेल अन्य खेलको दाँजोमा सबै भन्दा पहिला सुरू हुने मध्येको एक हो । यसै गरि उशु खेल मंसिर १३ गते बाट लगनखेल स्थित आर्मी कभर्ड हलमा हुनेछ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38