ताजा खबर

मादी ६ तप्राङमा ५६ लाखको लागतमा थाकखोला झोलुङ्गे पुल निर्माण सम्पन्न

   २८ कार्तिक २०७६, बिहीबार १५:४२      1,823 views

मादी गाउँपालिका कास्कीले वडा नम्बर ६ तप्राङमा थाकखोला झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ ।

नवर्निमत पुलको एकभव्य कार्यक्रमकाबीच प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले उद्घाटन गर्नुभयो ।


सो अवसरमा बोल्दै उहाँले मादी गाउँपालिकामा आएको विकासको लहरले विकास विरोधी तत्वहरु आतिएको बताउनुभयो ।

मादीमा अहिलेसम्म एकहात बाटो पनि कालोपत्रे नभएको भन्दै उहाँले आफनै कार्यकालमा काहुँखोला सिक्लेस मोटरबाटो, काहुँखोला याङजाकोट मोटरबाटो र राखी मिजुरे मोटरबाटोको कालोपत्रे निर्माण कार्य सम्पन्न गर्ने भन्दै स्थानियलाई ढुक्का भएर बस्न आग्रह गर्नुभयो ।


यसवर्ष मात्रै मादी गाउँपालिकामा संघीय सरकारको तर्फबाट ८ वटा पक्की पुल निर्माणको काम भईरहेको भन्दै उहाँले समुदायले चाहेमा विकास निर्माणको काम अत्यन्तै छिटो सम्पन्न हुने बताउनुभयो ।

सरकारले यस क्षेत्रको पिचबाटोको निम्ति करिब साढे २ अर्ब रुपैया लगानी गरिरहेको भन्दै स्थानिय जनताले पनि सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
जबसम्म समाज सभ्य हुँदैन तबसम्म विकासका कामहरु दिगो हुँदैन भन्दै उहाँले सभ्य समाजको निर्माण सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले मादी गाउँपालिको लगानीमा यसवर्ष मात्रै गाउँपालिका ८ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न हुने बताउनु भयो ।
मादीको नेतृत्व गर्नेहरु र मादीको विकास चाहानेहरुले मादीलाई बुझन जरुरी रहेको भन्दै आफुहरु अहिले मादीको कुनाकाप्चा घुमेर विकासका योजनाहरु निर्माण गरिरहेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नम्बर ६ का वडा अध्यक्ष पसबहादुर बास्तोलाले आफूहरुले निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धता अनुसार झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो ।

पुल निर्माणबाट सबै भन्दाबढी महारुद्र मा.वि. तप्राङमा अध्ययन गर्ने विद्यार्थीहरु लाभान्वित हुने उहाँको भनाई रहेको छ ।

करिब ५६ लाख १० हजार १ सय २ रुपैंयाको लागतमा निर्माण भएको सो पुलको लम्बाई १ सय १८ मिटर रहेको छ भने चौडाई १ सय ६ सेन्टिमिटर रहेको छ ।


पुलबाट लाभान्वित घरधुरी २ सय २५ रहेको छ भने लाभान्वित जनसङख्य १ हजार १ सय २६ रहेको छ । पुल निर्माण गर्दा स्थानिय २ हजार ७ सय ४८ जनाले रोजगार प्राप्त गरेका थिए ।

थाकखोला झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष दलबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव सुर्यबहादुर पाण्डेले गर्नुभएको थियो ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
%d bloggers like this: