ताजा खबर

हुगु र सिक्लेस जोडने यदी खोलामा मादी गाउँपालिकाद्धारा झोलुङ्गे पुल निर्माण

   २८ कार्तिक २०७६, बिहीबार १६:३१      2,069 views

कास्कीको पर्यटकीय स्थल सिक्लेस र हुगुलाई जोड्ने यदी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

मादी गाउँपालिकाको विकास योजना र आर्थिक लगानीमा सो पुलको निर्माण भएको हो ।
नवर्निमत पुलको एक कार्यक्रमकाबीच प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले सिक्लेसी जनता, पर्यटक र खास गरि त्यस क्षेत्रमा गोठ गरेर बस्नेहरुलाई वर्षातको समयमा आवत जावतमा अत्यन्तै कठिनाई भईरहेको यदिखोलामा अब पुल निर्माण भएपछि सबैले हिउँद बर्खा ढुक्कसँग हिड्न सक्ने बताउनुभयो ।

पर्यटकीय दृष्टिकोणले असाध्यै संभावना बोकेको यदीमा व्यस्थित रुपमा पर्यटन व्यवसाय सञ्चालनका निम्ति स्थानिय जनता उत्साहित र अग्रसर भएर लाग्नुपर्ने उहाँको भनाई रहेको छ ।

यस्तै गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले जनताको आवश्यकता र जनतालाई लाभहुने खालका विकास निर्माणमा गाउँपालिका लागिरहेको भन्दै गाउँपालिकाभित्र थुप्रै सामाजिक हित हुने विकासका कामहरु भईरहेको बताउनुभयो ।


यदी खोला झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष इन्द्रजीत गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मादी १ का वडा सचिव सुर्य पोख्रोलले गर्नुभएको थियो भने वडा अध्यक्ष सुरजकुमार गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

१ सय २० मिटर लम्बाई रहेको सो पुलको चौडाई १ सय ६ सेन्टिमिटर रहेको छ ।
करिब ५७ लाख २७ हजार ६६ रुपैंया १२ पैसाको लागतमा सो पुलको निर्माण कार्य सम्पन्न भएको समितिका अध्यक्ष इन्द्रजीत गुरुङले जानकारी दिनुभयो ।

पुलबाट ४ सय २५ घरधुरीका २ हजार ५ सय ५० जना स्थानीय लाभान्वित भएका छन । पुल निर्माणका क्रममा स्थानिय ३ हजार ४ सय ५ जनाले रोजगारी पाएका थिए भने पुलमा हाल दैनिक रुपमा ५० जना भन्दा बढी अन्तरिक र बाह्य पर्यटकहरु आवत जावत गर्ने निर्माण समितिले जानकारी दिएको छ ।

कार्यक्रममा उपस्थित अतिथि र सहभागिहरुलाई सिक्लेस होमस्टेका आमा दिदीबहिनीहरुले खाजा खुवाउनुका साथै फूलमालाले स्वागत गरेका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: