ताजा खबर

पोखराका मुख्य चोकमा आकासे पुल बनाउने विद्याको घोषणा

   २ मंसिर २०७६, सोमबार ०९:०२      1,578 views

कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीले सृजनाचोकसहित पोखराका मुख्य चोकमा आकाशे पुल बनाउने घोषणा गरेकी छन् ।

चुनावी घरदैलोका क्रममा सृजनाचोकमा भएको कोणसभामा उनले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न ट्रापिक जाम कम गर्न सभागृहचोक, पृथ्वीचोक, महेन्द्रपुल, अमरसिंहचोक लगायतका मुख्य चोकमा आकासेपुल अत्यावश्यक रहेको जनाएकी हुन् ।

कास्की २ मा यसअघि निर्वाचित रवीन्द्र अधिकारीकै पहलमा सिर्जनाचोकमा आकाशे पुलको डिपीआर बनेर बजेटसमेत विनियोजन भइसकेको छ । उनले भनिन्, ‘जितपछि आकासेपुलसहित सुन्दर पोखरा बनाउने अभियानमा जुट्नेछु ।’

नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले २ पार्टी एक भएर जनतामा आएको उल्लेख गर्दै जनताले एकता र समृद्धिको सुरुआतलाई भव्य अनुमोदन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘जनतले एकतालाई अनुमोदन गर्छन् । स्थायी सरकार बनेको छ । विकासले गति लिएको छ । यो गतिलाई निरन्तर राख्य पनि नेकपाको जित जरुरी छ ।


उनले करको बारेमा कांग्रेसले भ्रम सिर्जना गरेको दाबी गरे । कांग्रेसले जितेका नगरपालिकामा भन्दा पोखरामा करको दर बढी भएको पाइए मेयरसहित नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा दिन लगाउने उद्घोष गरे ।

उनले भने, ‘तपाईंहरु ढुक्क हुनुस् कांग्रेसले जितेको नगरमा भन्दा पोखरामा करको दर कम छ । बढी भएको प्रमाणित गर्नुहुन्छ भने नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा गर्न लगाउँछौं ।’

पोखरा ८ का चुनावी कमान्डर नेकपा केन्द्रीय सदस्य शारदाप्रसाद सुबेदी, सोमनाथ बराल, रुद्रनाथ बराल लगायतले विकास र समृद्धि संस्थागत गर्न र युवा तथा महिला सशक्तिीकरणका लागि नेकपालाई जिताउन आग्रह गरे ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: