ताजा खबर

मंसिर अन्तिम साता पोखराको चापाकोटमा होमस्टे सांस्कृतिक महोत्सव हुने

   २ मंसिर २०७६, सोमबार १७:२०      1,637 views

पोखराको चापाकोटमा मंसिर अन्तिम साता चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ ।

चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक होमस्टे र पोखरा महानगरपालिका वडा नम्बर २३ को आयोजनामा सांस्कृतिक महोत्सव हुन लागेको । आयोजकले सोमबार पत्रकार सम्मेलनका आयोजना गरेर मंसिरको २५ देखी २९ गते सम्म महोत्सव हुने जानकारी दिएको छ ।

पर्यटकीय हिसाबले महत्वपुर्ण ठाउँ भए पनि ओझेलमा परेका कारण चापाकोटको प्रचार प्रसार गर्नका लागि सांस्कृतिक महोत्सव आयोजना गर्ने लागेको चापाकोट पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए ।

उनले महोत्वमा स्थानीय सस्कृती, राष्ट्रिय कलाकारहरुको लोकदोहोरी प्रस्तुती, हास्यकलाकारको प्रस्तुती रहने बताए । त्यसै गरी महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन चुड्का प्रतियोगिता, रत्यौली प्रतियोगिताले दर्शकको मन तान्ने बताए ।

नौमती बाजा, भजन चुड्का र रत्यौली प्रतियोगितामा पहिलो हुनेले ३०÷३० हजार, दोस्रो हुनेले २०÷ २० हजार, तेस्रो हुनेले १०÷१० हजार र सान्तोना ५÷५ हजार रुपैया प्रदान गरिने उनले बताए । चापाकोट देउराली सामुदायिक होमस्टे पोखरा देखी १३ किलोमिटर दुरीमा रहेको छ ।

पोखरादेखी फेवाताल किनार हुँदै सवारी साधनद्धारा सजिलै ४५ मिनेटमा पुग्न सकिने महोत्सवका संयोजक घनश्याम पराजुलीले जानकारी दिए । उनले पैदल यात्रा गर्दै करिब २ घण्टा ३० मिनेटमा पुग्न सकिने बताए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: