
निर्मलपोखरीबासी भन्छन, विद्या साझा उम्मेदवार
पछिल्लो पटक पोखरामा गाभिएर महानगर बनेको साबिक निर्मलपोखरीमा विकास पूर्वाधारहरु धमाधम बनिरहेका छन् ।

३ सरकार निर्माण भएपछि सडक, पुल, विद्यालय लगायतका संरचना बन्ने क्रम तीव्र छ । शुक्रबार मत माग्न पुगेकी नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले स्थानीयको माग सुनिन् । स्थानीयले विद्यालाई साझा उम्मेदवार भन्दै विकास र समृद्धिको अगुवाइ गर्न आग्रह गरे ।
विद्याले करिब ८ दशक पुगेकी लीलामाया भण्डारीले विद्यालाई शुभकामना र आशीर्वाद दिइन् । पुल बनेपछि जीवनशैली फेरिएको उनले सुनाइन् । उम्मेदवार विद्याले रवीन्द्रले सुरुआत गरेको विकास र समृद्धि नेतृत्व परिस्थिति, पार्टीले आफूलाई दिएको उल्लेख गरिन् । उनले भनिन्, ‘अब तपाईहरुको मतले यसलाई अनुमोदन गर्न मात्र बाँकी छ ।’ नेकपाले समृद्धिको खाका तयार गरी काम थालिसकेकाले बाँकी ३ वर्षको जिम्मेवारी सम्हाल्ने अवसर पनि नेकपाले नै पाउने उनले विश्वास व्यक्त गरिन् ।

नेकपा केन्द्रीय सदस्य डा. विन्दा पाण्डेले वौद्धिकता, सालिन र इच्छाशक्तिसहितको उत्कृष्ट उम्मेदवार कास्की २ ले पाएको बताइन् । उनले महिला सशक्तीकरण, युवालाई उद्यमी, पछाडि पारिएका वर्गको उत्थान र समग्र देशकै विकास लागि नेकपाको विकल्प नभएको उल्लेख गरिन् ।
नेकपाले शुक्रबार दम्सादी, अम्बोट, फेदीपाटन, खरच्याङ, रघौचौर, दुवार, ठूलीस्वारा, मैदान, चापको चौर, गिरी गाउँ, थाप्ले, धुर्सेनी, लेवाडे, चिलाउनेखर्क, साम्मी लगायतका स्थानमा घरदैलो गरी मत मागेको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38