
खिलाङमा आगामी पुस ५ गते निशुल्क आँखा तथा दन्त शिविर हुने
कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङमा आगामी पुस ५ गते शनिबार निःशुल्क आँखा तथा दन्त शिविर आयोजना हुनेभएको छ ।

थन्कु देउराली युबाक्लब र खिलाङ सिन्कुर्हो चेलीबेटी पोखराको संयुक्त आयोजनामा सो शिविर सञ्चालन हुने खिलाङ पोखरा सम्पर्क समितिका सचिव एवम् युवा व्यवसायी टेकनसिं गुरुङले जानकारी दिनुभयो ।
“स्वास्थ नै धन हो” नारालाई आत्मसाथ गर्दै आयोजना गर्ने सो शिविरले खिलाङ र आसपासका स्थानियलाई मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।
शिविरलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्नका लागि खिलाङ तमू समाज पोखराका सक्रिय सदस्य, हङकङ निवासी वरिष्ठ समाजसेवी हुमगुरुङबाट खाजा र खाना सौजन्य प्राप्त भएको आयोजकले जनाएको छ ।
यसका साथै खिलाङ आमा समुह खिलाङबाट खाद्यान्न र आवासको ब्यबस्थापन गर्ने भएको छ ।
शिविरमा वरिष्ठ आँखारोग विशेषज्ञ डा.चन्द्रमाया गुरुङ र डा.हरिमाया गुरुङको बिशेष उपस्थिति रहने भएको छ । शिविरलाई हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राबिधिक सहयोग रहने छ ।
यस्तै डा.श्रुति गुरुङको विशेष पहलमा सिटी ओरल डेण्टल क्लिनिक पोखराको प्राबिधिक सहयोगमा निःशुल्क आँखा तथा दन्त शिबिर पनि सोहि दिन आयोजना हुने भएको छ ।
कार्यक्रममा सहभागिता जनाएर स्वास्थ्य लाभ लिनुहुन मादी १ का सम्पूर्ण स्थानियलाई आयोजकले अनुरोध समेत गरेको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38