
दशौ पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ
आगामी पुषको अन्तिम साता अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको छ ।

स्थानिय युनाईटेड क्लवको आयोजनामा पुषको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।
१३ दिन सम्म चल्ने महोत्सवमा २ सय ५० स्टल मध्ये ९० प्रतिशत स्टल बुकिङ भएको हो । महोत्सवमा पर्यटन प्रवद्र्धन र नया उद्योगको प्रवद्र्धन गर्नका लागी निशुल्क स्टलको ब्यवस्था गरिने आयोजकले जनाएको छ ।
महोत्स्वमा १२ वटा रेष्टुरेण्टका स्टल रहनेछभने हस्तकला, कृषी, अटो, पुष्प, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सुचना प्रविधी र उद्योगका स्टलहरु रहने प्रचार प्रसार संयोजक थापाले वताए
स्थापना कालदेखी पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लवको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38