
म विजयको नजिक छु ः उम्मेदवार पौडेल
कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले आफू चनाव विजयको सन्निकट रहेको बताएका छन् । उनले जनताका आकांक्षा र मनोभावनाका साथै कांग्रेस पार्टीप्रति जनताको विश्वासका कारण आफू विजय निकट रहेको स्पष्ट पारे ।

नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिले बुधबार आयोजना गरेको उम्मेदवारसंगको भेटघाट कार्यक्रममा उनले सरकारका विभिन्न काण्डबाट जनता वाक्क दिक्क भएको भन्दै यस पटक कांग्रेसको जित सुनिश्चित भएको बताए ।
जनताको सोंच पार्टी र व्यक्ति भन्दा निकै माथि पुगिसकेको र विवेकी भइसकेको आफूलाई महसूस भएको उम्मेदवार पौडेलले बताए । उनले यो चुनाव कांग्रेसको प्रतिष्ठाको विषय भएकाले पनि निकै महत्वपूर्ण भएको स्पष्ट पारे ।
‘यो चुनाव पार्टीले जित्ने हो । म त निमित्त मात्रै हो । मैले यो चुनावलाई अवसरको रुपमा लिएको छु र चुनाव जित्छु भन्ने कुरामा पनि ढुक्क छु’, उलले भने । मानिसको आदर्श र विचार कहिल्यै बुढो नहुने भन्दै उन्दै उनले आफूलाई उमेरले केही फरन नपारेको बताए ।

‘विपि कोइराला पनि विचार र आदर्शको अगाडि उमेर केही होइन, उमेरले विचार र आदर्शलाई प्रभावित पार्न सक्दैन भन्नुहुन्थ्यो । मेरो पनि मान्यता यही हो’, पौडेलले भने, ‘अबको बाँकी जीवन समाजसेवामै लगाउने अठोट लिएर मैदानमा ओर्लिएको छु ।’
उम्मेदवार पौडेलले धादिङ समितिको यो प्रयत्नले धादिङ–पोखरा बीचको सम्बन्ध अझै बलियो र प्रगाढ बन्ने स्पष्ट पारे । ‘आफूलाई सहयोग गर्न सिंगो समिति र धादिङ कांग्रेस समेत लागेको जानकारी पाएको थिएँ । यो गुन म कहिल्यै भुल्नेछैन’, उनले भने ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38