ताजा खबर

कास्की काँग्रेसद्वारा मतदातालाई आभार व्यक्त

   १६ मंसिर २०७६, सोमबार १८:२२      978 views

पोखरा । नेपाली काँग्रेस चुनाव प्रचार मूल समिति कास्कीले काँग्रेसको पक्षमा मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेको छ ।


समितिका संयोजक कृष्णबहादुर केसीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाले सत्ताको दुरुपयोग गरी गरेका सबै हर्कतका बाबजुदपनि काँग्रेसलाई मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन् ।


विज्ञप्तिमा निर्वाचनको बेला विभिन्न स्थानमा मतदातालाई आतंकित पार्ने गरी गरिएका विष्फोटका घटना र वडा प्रहरी कार्यालय बैदामका डिएसपीको सरुवाको निन्दा गरिएको छ ।
त्यस्तै, निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन कार्यालय, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारलाई धन्यवाद दिइएको छ ।


विज्ञप्तिमा निर्वाचन अवधिमा कास्की आएर सहयोग गर्ने पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा.सशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय प्रतिनिधि डा मिनेन्द्र रिजाल लगायत पार्टी केन्द्रका पदाधिकारी र केन्द्रिय सदस्यहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।


यसैबीच, कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालको उपस्थितिमा सोमबार बसेको बैठकले केही दिनभित्र निर्वाचनको समीक्षा गर्दै पार्टी सुदृढिकरणका अभियान सुरु गर्ने निर्णय गरेको छ ।


0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: