ताजा खबर

१३ औँ सागमा आज २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

   १७ मंसिर २०७६, मंगलवार ०८:४२      936 views

दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।

मंगलबारदेखि भलिबल खेल सम्पन्न हुनेछ । दुईवटा स्वर्णका लागि फाइनल खेल हुँदैछ । पुरुषतर्फको उपाधिका लागि भारत र पाकिस्तान आमने सामने हुँदैछन् भने महिलातर्फ नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् ।

पुरुषतर्फको सेमिफाइनलमा भारतले श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो । त्यस्तै पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

महिलातर्फको उपाधिका लागि नेपाल र भारत प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको नेपाल त्यसको बदला लिँदै स्वर्ण जित्ने लक्ष्यमा हुनेछ । महिला भलिबलतर्फको फाइनल दिउँसो चार बजे हुनेछ । 

मंगलबारदेखि एथलेटिक्सका खेलहरु पनि संचालन हुनेछन् । एथलेटिक्समा १,५०० मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल संचालन हुनेछ । एथलेटिक्समा एक सय र चार सय मिटर दौड तथा हर्डल्सका हिट पनि संचालन हुनेछन् ।

यस्तै कराँतेमा ६ वटा स्वर्णको छिनोफानो हुनेछ । पुरुषको ६० केजी मुनि, ६७ केजी मुनी र ७५ केजी मुनिको प्रतिस्पर्धा हुनेछ भने महिला तर्फ ५५ केजी मुनि, ६१ केजी मुनी र ६८ केजी मुनिमा खेल संचालन हुनेछ ।

यस्तै उसुमा महिला र पुरुषको चाङक्वान गरी दुई स्वर्णको टुंगो लाग्नेछ ।

टेबल टेनिसमा पनि पुरुष र महिलाको टिम इभेन्टका खेलहरु सम्पन्न हुनेछन् । ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ ।

फुटबलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल दशरथ रंगशालामा दिउँसो एक बजे हुनेछ भने बंगलादेश र माल्दिभ्सबीचको खेल साँझ पाँच बजे सुरु हुनेछ ।

महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्दैछन् ।

मंगलबारदेखि पुरुष क्रिकेट सुरु हुँदैछ । पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिस्पर्धा हुनेछ । पोखरामा हुने महिला क्रिकेटमा भने श्रीलंका र बंगलादेश खेल्नेछन् ।

मंगलबारदेखि सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिस्पर्धा हुँदैछन् । सुटिङमा महिलाको १० मिटर एयर राइफल तथा महिला र पुरुषको थ्री पोजिसन राइफलका खेलहरु सम्पन्न हुनेछन् ।

लन टेनिसमा टिम इभेन्टका सेमिफाइनलका खेलहरु संचालन हुनेछन् । यस्तै, गल्फ पनि मंगलबारदेखि नै सुरु हुनेछ । कीर्तिपुरमा जारी खोखोमा मंगलबार सेमिफाइनलका खेलहरु संचालन हुनेछन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: