
लिम्बुहरुले पोखरामा उधौंली मनाए
किरात याक्थुङ चम्लुङ पोखराको आयोजनामा बिहिबार विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय पर्व उद्योली मनाइएको छ ।

किरातहरुको राष्ट्रिय चाड उधौंलीपर्वको अवसर पारेर पोखरामा रहेका लिम्बु समुदायले कार्यक्रम आयोजना गरेका हुन् । उधौंली पर्व लिम्बुहरुले चासोक तङनाम (न्वागी पूजा) नामले मनाउने गर्छन ।
सो संस्थाले पोखराको माटेपानी गुम्बा कार्कीडाँडामा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित चाड मनाएको हो । पोखरा र यसको वरपर रहेका किरात समुदायका मानिसहरुको बाक्लो उपस्थितिमा विविध कार्यक्रम गरिएको थियो । सो अवसरमा उनीहरु लिम्बु संस्कृति झल्कने केलाङ, धुनषवाण, च्याब्रुङनाच, चासोक तङनाम नाच, धाननाच, हाक्कपारेसाम्लो ख्याली पालाम लगायतमा सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीहरु विभिन्न भेषभूषामा सजिएका थिए । आफ्नो भेषभूषा, लिपी, भाषा, कला, संस्कृति र संस्कृतिको संरक्षण तथा संवद्र्धन गरौं भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको आयोजक किरात याक्थुङ चम्लुङ पोखराका अध्यक्ष धनबहादुर थेबेले बताए ।
पोखरामा छ महिना अगाडि स्थापना भएको यो संस्थाले पहिलो पटक उधौंलीपर्व मनाउन कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको उद्दघाटन बिट्रिस क्याम्प पोखराका प्रदीप लिम्बुले गरेका थिए । आयोजक संस्थाका अध्यक्ष थेबेको सभापतित्वमा भएको कार्यक्रममा कलाकारहरुले विभिन्न गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।
नेपालभरी र विश्वभर छरिएर रहेका किरातीहरुले उधौंलीपर्व मनाउने गर्छन । किरातमा लिम्बु, राई, याख्खा र सुनुवार जाति गरी चार जातिले आआफ्नै तरिकाले उद्यांैली मनाउँछन् । लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), राई जातिले उधौंली साकेला, याक्खा जातिले चासुवा र सुनुवार जातिले फोलष्याँदर नामले यो पर्व मनाउने गरेका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38