ताजा खबर

सिक्लेसमा नम्चु च्यीउली युउला क्हाेंइवो शिल्यान्यास, एकैदिन ५५ लाख संकलन

   २७ मंसिर २०७६, शुक्रबार १३:०५      1,029 views

देबीजंग गुरुङ, सिक्लेस

मादी गाउँपालिका वडा नं. १ सिक्लेसमा निर्माण हुन लागेको तमू जातिको ऐतिहासिक धरोहर नम्चु च्यीउली युउला क्होंइवोको एक समारोहकाबीच विहिवार शिलान्यास भएको छ ।

सिक्लेस मेयेचुमा बन्न लागेको क्हाेंइवोको गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङले शिलान्यास गर्नुभएको हो । क्हाेंइवो शिलान्यास गर्दै प्रदेश सदस्य मनबहादुर गुरुङले क्होइवो जस्तो धार्मिक धरोहर निर्माणले सिक्लेसमा पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बिश्वास व्यक्त गर्दै आफ्नो व्यक्तिगत र प्रदेश सरकारबाट निरन्तर सहयोग गर्न तयार रहेको बताउनुभयो ।


तमू प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमूले हरेक तमूहरुको बस्ती बस्तीमा क्होइवो निर्माण गर्नुपर्ने बताउदै सिक्लेसमा जति धेरै क्होंइवो निर्माण हुन्छन् उति नै राम्रो हुने बताउनुभयो ।
यसैबीच क्होंइवो शिलान्यास कार्यक्रममा भएको साँस्कृतिक कार्यक्रमबाट एकैदिन ५५ लाख १३ हजार ४ सय २५ रुपैया संकलन भएको छ ।

क्होंइवो निर्माणका लागि गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङको संसद बिकास कोषबाट १५ लाख, मादी गाउँपालिकाबाट ५ लाख रुपैया दिने भएको क्हाेंइवो निर्माण समितिका कोषाध्यक्ष ईन्द्रकुमारी गुरुङले जानकारी दिनुभयो । यसैगरि सिक्लेस ८ हर्पुथरका ५२ कुरिया भाइपरिवारबाट ५ लाख, पुरानो घर खिलाङ भई हाल पोखरा ११ पूmलबारी निवासी रेलबहादुर गुरुङले १ लाख, खिलाङ घरभई हाल पोखरा चापापानी निवासी सुबेदार दूधप्रसाद गुरुङले १ लाख, खिलाङ घरभई हाल पूmलबारी निवासी मीनबहादुर गुरुङले १ लाख ५० हजार, सिक्लेस घरभई हाल युके निवासी हुमबहादुर गुरुङ, हर्कजंग गुरुङ र पदम गुरुङले १ लाख ५ हजार रुपैया प्रदान गर्नुभएको छ ।

यस्तै पार्चे निवासी सन्तोष गुरुङबाट ५० हजार, चन्द्रकुमारी गुरुङ (एक्कजंगको आमा), युके निवासी मुङ्गा गुरुङ, कौशिला गुरुङ र पेचबहादुर गुरुङले बाबा आमाको स्मृतिमा १ लाख ५ हजार, पार्चे घरभई हाल अमेरिका निवासी लौकाशी गुरुङ, चित्रकुमारी गुरुङ र मेनसुबा गुरुङले बाबा बीरवन गुरुङको स्मृतिमा १ लाख ५ हजार र सिक्लेस क्रोम्छै चेलीबेटीबाट नगद २ लाख १० रुपैया प्रदान गरेको छ ।

यसैगरी सिक्लेस निवासी सुबेदार भाद्रसिं गुरुङले १ लाख ५ रुपैया, सिक्लेस हर्पुथर घरभई हाल हङकङ निवासी श्रीध्वोज गुरुङले १ लाख ५ रुपैया, सिक्लेस घरभई हाल हङकङ निवासी नानी कमलसुबाको आमाले १ लाख ५१ रुपैया प्रदान गर्नुभएको छ । यस्तै पर्यटकीय गाउँ सिक्लेसमा व्यवस्थित हेलिप्याड निर्माणको लागि हर्पुथर निवासी नरवहादुर गुरुङ र ईन्द्राकुमारी गुरुङको परिवारले २ लाख ५ सय ५ रुपैया क्होइवो निर्माण समितिका अध्यक्ष कुलप्रसाद तमूलाई हस्तान्तरण गरेको छ ।


नम्चु च्यीउली युउला क्हाेंइवो निर्माणको लागि यसअघि १ करोड भन्दा धेरै संकलन भईसकेको छ । यसअघि महिला नेतृ हर्पुथर घरभई पोखरा ११ रानीपौवा निवासी रसकुमारी गुरुङले नगद १ लाख ५० हजार रुपैयाँ सहयोग गरिसक्नु भएको छ।


मादी १ सिक्लेस मेयाचुमा बन्न लागेको क्होइवो निर्माण स्थलको भूमि सिक्लेस हर्पुथर पुरानो घरभई हाल पोखरा ११ रानीपौवा निवासी हाईसुब्बा गुरुङ, सिक्लेस गैरीथर घरभई हाल पोखरा १३ कामना टोल निवासी दुजा (बिबा) गुरुङ र सिक्लेस लामाथर घरभई हाल दुम्कीबास निवासी सुनमाया गुरुङले संयुक्त रुपमा करिब ४ रोपनी जग्गा भूमिदान गर्नुभएको हो ।

साँस्कृतिक कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायिका शर्मिला गुरुङ, तिलक प्ल्हे तमू, अन्जित पोख्रेल र रुबिना गुरुङ लगायतले प्रस्तुति समेत दिनुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: