ताजा खबर

मादी–२ मा रहेको घ्याम्राङ गाउँको म्युजिक भिडियो सार्वजनिक

   २८ मंसिर २०७६, शनिबार २०:२६      5,008 views

मादी गाउँपालिका वडा नं. २ घ्याम्राङ गाउँको संस्कृतिलाई उजागर गर्नका निम्ति निर्माण गरिएको गाउँ चिनारी म्युजिक भिडियो आज पोखरामा सार्वजनिक गरिएको छ ।


सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङ (श्याम)ले गाउँका युवा पुस्ताको सक्रियता र नेतृत्वमा गाउँको म्युजिक भिडियो निर्माण हुनु आफैमा सुदख काम भएको भन्दै गाउँको हर विकास निर्माणमा पनि यसरी नै जुटन आग्रह गर्नुभयो ।


साथै उहाँले अहिले नेपाली गाउँहरु अस्तित्व लोप हुने संटकबाट गुज्रिरहेको भन्दै पछिल्लो समय देशमा आएको राजनीतिक परिवर्तन र विकास निर्माणले गर्दा फेरि मानिसहरु विस्तारै गाउँतर्पm नै आर्कषित हुँदै गएको बताउनुभयो ।


आपूm जन्मेको गाउँठाउँ सबैलाई उतिकै प्यारो लाग्ने भन्दै विगतमा केहि भौगोलिक विकटता यहाँ भएता पनि अहिले यातायात लगायत धेरै सुविधा गाउँमा पुगेको भन्दै घ्याम्राङ आफैमा साँस्कृतिक ऐतिहासिक ठाउँ रहेको बताउनुभयो ।

साथै उहाँले घ्याम्राङ गाउँको छयाँडु नाच कास्की जिल्लाकै उत्कृष्ट छयाँडु नाच भएको भन्दै यसलाई जोगाउन तर्फ युवा पुस्ता लाग्नुपर्ने बताउनुभयो ।


यसै वर्ष घ्याम्राङ खोलामा फलामको मोटेरेवल पुल निर्माण गरि अब घ्याम्राङमा हिँद वर्खा गाडी चल्ने व्यवस्था मिलाउने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा मादी २ का वडा अध्यक्ष एक्कजंग गुरुङले आफू वडा अध्यक्ष भएको नाताले सबै वडा बासीको अभिभावक भएको भन्दै घ्याम्राङ गाउँ र त्यहाँको संरक्षण युवा क्लबलाई सधै माया र सहयोग गर्ने बताउनुभयो ।


संरक्षण युवा क्लब घ्याम्राङका अध्यक्ष लालबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार राम गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्लबका पुर्व सचिव सन्तोष गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


कार्यक्रममा संरक्षण युवा क्लबका कलाकारहरुले विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: