
फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा प्रदिप पौडेल
पोखरा ः नेपाल फोटो पत्रकार संघ कास्कीको मंगलवार भएको छैटौ अधिवेशनले प्रदिप पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा नारायण प्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहचिवमा उमेश पुन र कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य चयन भएका छन् । अधिवेशनले सल्लाहाकारमा निर्वतमान अध्यक्ष इन्द्रप्रसाद पौडेल चयन भएका छन् ।
फोटो पत्रकार संघ जनआन्दोलन २०६२÷०६३ को क्रममा अप्ठ्यारो समयमा स्थापना भएको हो । आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट धरपकड भएपछि फोटो पत्रकार संगठीत भएका थिए । फोटो पत्रकार संघले जनआन्दोलन पछि आन्दोलनको बृत चित्र, फोटो प्रदर्शनी गरेको थियो । यस अघि फोटो पत्रकास संघमा घनश्याम पौडेल, कृष्णमणि बराल, ओम लामा र इन्द्रप्रसाद पौडेल अध्यक्ष रहेका थिए ।
अधिवेशनमा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । उक्त कार्यक्रमको सभा अध्यक्ष इन्द्रप्रसाल पौडेलको अध्यक्षतामा भएको थियो भने प्रमुख आतिथ्यता फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङ रहेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38