ताजा खबर

लमजुङको कपुरगाउँको प्रचारप्रसार गर्न म्युजिक भिडियो निर्माण

   ४ पुष २०७६, शुक्रबार ०८:४७      1,607 views

लमजुङको क्व्होलासोंथर गाउँपालिका १ कपुर गाउँको प्रचारप्रसार गर्न गाउँ चिनारी म्युजिक भिडियो निर्माण गरिएको छ ।

न्यु स्टार युवा क्लवको अगुवाईमा गाउँको पर्यटन प्रवद्र्धन गर्न कपुरगाउँलाई चिनाउने म्युजिक भिडियो निर्माण गरिएको हो ।


सुपर युनिक फिल्मस् प्रा.लिको प्रस्तुति रहेको कपुर गाउँको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गर्ने तयारी गरिएको छ । म्युजिक भिडियोमा गाउँकै कविराज गुरुङ, प्रदीप गुरुङ, सुनिता गुरुङ र सानु गुरुङलगायतले अभिनय गरेका छन् ।


रोशन गुरुङको शब्द र धनबहादुर गुरुङको संगीतमा धनबहादुर गुरुङ, विजय गुरुङ, जुनु गुरुङ र निशा गुरुङले आवाज दिएका छन् । रोशन गुरुङ र धन बहादुर गुरुङले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेम गुरुङले सह–निर्देशन गरेका छन् ।

टेकमान गुरुङको छायाँङकन गरेको म्युजिक भिडियोलाई दिलु कोन्मे तमूले ड्रोनबाट छायाँङकन गरेका छन । गीतमा धनबहादुर गुरुङले नृत्य निर्देशन गरेका छन् भने सुजाता गुरुङले सह–नृत्य निर्देशन गरेका छन् ।

श्रृंगारमा आशिष गुरुङ, सह–श्रंगारमा भागवती कार्की, प्राविधिकमा अर्जुन गुरुङ, टेक गुरुङ, सुवास गुरुङ, ईश्वर गुरुङ लगायत छन् । कपुरगाउँ बाबा समूह, मिलन आमा समूह, पुन्यप्रसाद गुरुङ, टेक गुरुङ, युविन्द्र गुरुङ लगायतले गीत निर्माणमा सहयोग गरेका छन् ।

म्युजिक भिडियोको एक कार्यक्रमकाबीच कपुरगाउँमै बिमोचन गरिएको छ । म्युजिक भिडियोको आइतबार बिमोचन गर्नुका साथै गाउँमा पहिलो पटक प्रदर्शन समेत गरिएको छ ।


न्यु स्टार युवा क्लवका अध्यक्ष युविन्द्र गुरुङले गाउँको प्रचार प्रसार र पर्यटन प्रवद्र्धन गर्न म्युजिक भिडियो निर्माण गरेको बताउनुभयो ।


म्युजिक भिडियोका संयोजक टेकप्रसाद गुरुङले कार्यक्रममा धन्यावाद ज्ञापन गर्नुभएको थियो । गाउँको कलासंस्कृति, प्रकृति साथै रहनसहन समेटेर निर्माण गरिएको कपुरगाउँको म्युजिक भिडियो चाँडै युट्युबमार्फत सार्वजनिक गरिने सुपर युनिक फिल्मस् प्रालिका प्रबन्ध निर्देशक प्रेम गुरुङले जानकारी दिनुभयो ।

डकुमेन्ट्रीको काम भने बाँकी रहेको र म्युजिक भिडियोको काम सकिएपछि बृत्तचित्रको सम्पादन गरेर छिट्टै सार्बजनिक गरिने उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: