ताजा खबर

गोर्खा भर्ती छनौटमा विभेद गरेको गोर्खा जस्टिसको आरोप

   ५ पुष २०७६, शनिबार १५:१७      1,085 views

बेलायतले गोर्खा भर्ती छनोट प्रक्रियालाई निःशुल्क, निष्पक्ष र पारदर्शी रुपमा हुने बताइरहेका बेला गोर्खा जस्टिसले बेलायती सेनाको भर्ती छनोट प्रक्रियामा विभेद हुने गरेको आरोप लगाएको छ ।

जस्टिसले शुक्रबार पोखरामा पत्रकार सम्मेन गरी भर्ती छनोटमा विभेद हुँदै आएको आरोप लगाएको हो । जस्टिसका संयोजक एवं भूपू गोर्खा सैनिक नरेश गुरुङले बेलायतले गोर्खा भर्ती छनोट गर्दा सुन्दै अचम्म लाग्ने खालको विभेद गरे पनि धेरै नेपालीलाई थाह नभएकाले पत्रकार सम्मेलन मार्फत त्यसको पर्दाफास गर्न बाध्य भएको बताए ।


‘गोर्खा भर्ती छनोट प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी रुपमा हुन्छ भनिए पनि त्यस्तो भएको पाइदैन । गोर्खा भर्ती पूर्ण रुपमा विभेदयुक्त हुँदै आएको छ’ संयोजक गुरुङले भने । उनले पूर्व र पश्चिमबाट पचास÷पचास प्रतिशत भर्ती लिने प्रावधानले नै गोर्खा भर्ती छनोटको मापदण्ड निष्पक्ष नभएको दाबी गरे ।


‘पूर्वी क्षेत्रमा साविकका ४ वटा अञ्चल मात्रै पर्छन् । जहाँ थोरै जिल्ला छन् । पश्चिममा साविकका १० अञ्चल पर्छन यसले गर्दा पूर्वको तुलनाका पश्चिमका युवालाई कम अवसर हुने भएकाले यसलाई रद्द गर्नुपर्छ’ संयोजक गुरुङले भने,‘पूर्व र पश्चिम भनेर छट्याउनु नै विभेदको नमुना हो । भर्ती छनौट गर्दा युवाको क्षमता प्रदर्शन र योग्यताको आधारमा गर्नुपर्छ ।’


संयोजक गुरुङले गोर्खा भर्तीका मामलमा काठाडमौं उपत्यकाका युवाहरुलाई बेलायती सेनामा भर्ती नलिने गरेको प्रसंग पनि सुनाए । ‘काठमाडौं, ललितपुर र भक्तपुरका युवाहरुलाई अहिले पनि गोर्खा भर्तीमा जान बन्देज गरेर भेदभाव गरिएको छ’ उनले भने,‘नेपाली नागरिक भएको नाताले उनीहरूलाई बेलायती सेनामा भर्ती हुन ‘समान अवसर’ दिइनुपर्दछ । यो विषयमा धेरै नेपालीलाई थाह पनि छैन ।’


गोर्खा जस्टिसले बेलायती सेनामा भर्ती हुँदा हुने ‘डोको दौड’ लाई तुरुन्तै रोक्नुपर्ने माग समेत गरेको छ । बेलायती सेनामा ‘डोको दौड’ को प्रावधान नभएकाले गोर्खाली युवालाई मात्रै ‘डोको दौड’ राखिनु भेदभावपूर्ण रहेको जस्टिसको दाबी छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: