ताजा खबर

सुदूर पश्चिम प्रदेश सभा टोलीलाई पोखरामा स्वागत

   ६ पुष २०७६, आईतवार १५:५६      1,675 views

प्रदेशसभा बीच अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ पोखरा आएको सुदूर पश्चिम प्रदेशसभा टोलीलाई आज पोखरामा एक समारोहका बीच स्वागत गरिएको छ ।

सुदूर पश्चिम प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको नेतृत्वको १७ सदस्यीय टोलीलाई गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्वागत गनुुभयो ।
भ्रमणले दुवै प्रदेश सभाले यस अवधिमा भए गरेका गतिविधि तथा अनुभव साटासाट गर्न महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा संघीयताको कार्यान्वयनसँगै संसदीय अभ्यासका सम्वन्धमा भईरहेका अनुभव, काम कारवाही लगातयमा छलफल एवम् अन्तरकृया गरिएको थियो ।

छलफलमा उपसभामुख शर्माले गण्डकी प्रदेश सभामा अघिकांश बिषय सर्वसम्मत परित भएको अनुभव सुनाउँदै प्रदेशलाई समृद्धि र विकासको मार्गमा लैजान सबैको एकताबद्ध प्रयास भैरहेको बताउनुभयो ।


भ्रमण टोली नेता प्रमुख सचेतक तारा लामा तामाङले एक हप्ते अध्ययन अवलोकन क्रममा संघमा राष्ट्रिय सभा, प्रतिनिधि सभा सहित प्रदेश नं. १, ३, ५ को भ्रमण सम्पन्न गर्दै गण्डकी प्रदेश आएको जानकारी दिनुभयो ।

सबै प्रदेश सभामा कानून निर्माणले गति लिनुका साथै विकास निर्माणमा कृयाशिल बनेको भ्रमणका क्रममा पाएको बताउँदै सबैतिर संघीयताको संस्थागत विकासको अभियान चलिरहेको उल्लेख गर्नुभयो । (रासस)

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: