ताजा खबर

पोखरामा माघ ११ गते हुने अन्तर्राष्ट्रिय हाप्किडोको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने

   १९ पुष २०७६, शनिबार १०:०४      2,315 views

खेलकुद क्षेत्रमा नौलो आयाम थप्ने र नयाँ इतिहास कायम गर्ने उद्देश्यले नेपाल भित्रिएको मार्सल आटर््स हाप्किडो खेल छोटो अवधिमा नै नेपाली खेल जगतमा परिचित बनिसकेको छ ।
हाप्किडो कोरियन मार्शल आर्टस खेल हो । ‘हाप्किडो’ शब्दको प्रयोग कोरियन भाषाबाट प्रतिपादित भएर आएको हो ।

काली बहादुर घर्ती मगरको सक्रियतामा वि.सं. २०७३ मा नेपाल मार्सल आर्टस हाप्किडो संघको गठन भएकोमा अहिले नेपालको विभिन्न प्रदेश, जिल्ला तथा गाउँमा शाखा समिति गठन भई क्रियाशिल रहेका छन् । यो खेल नेपालमा नौलो भएता पनि अन्य देशमा धेरै पुरानो र विश्वभरि नै लोकप्रिय खेलको रुपमा स्थापित रहेको नेपाल मार्सल आर्टस हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगर बताउनुहुन्छ ।


उहाँ मार्सल आटर््स हाप्किडोका ब्याल्क बेल्ट सातौ डान हुनुहुन्छ । घर्ती मगर देश तथा विदेशबाट विभिन्न अवार्डहरुबाट सम्मानित भइसक्नुभएको छ । उहाँ साउथ एसिया हाप्किडो महासंघका अध्यक्ष पनि हुनुहुन्छ । हाप्किडो खेलमा अन्तर्राष्ट्रिय रुपमा आफूलाई चिनाइसक्नु भएका घर्तीमगरले नेपालमा पनि यो खेल भित्र्याउन आवश्यक ठान्नुभयो ।

नेपालमा यो खेल किन आवश्यक छ त भन्ने प्रसंगमा उहाँ भन्नुहुन्छ ः यो सेल्फ डिफेन्स गेम हो । हाप्किडोको च्याम्पियनसिप आफ्नै विधि, प्रक्रिया र नियमानुसार खेलिन्छ । यस खेलमा किक, पञ्च, थ्रोइंग लक सम्पूर्ण शरीरका अंगहरु र टेक्निकहरूको प्रयोग गरिएको हुन्छ साथै शरीरका अंगहरू बाहेक पिस्तोल, लाठी, चाकु, डोरी जस्ता आत्मरक्षाका आधुनिक हतियार प्रयोग गरिएको हुन्छ ।
यस खेलमा तेक्वान्दो, कराते, बक्सिङ, जूडो आदि मार्शल आर्टस खेलको कलालाई समावेश गरिएको हुन्छ । समग्रमा यो खेल दुश्मनबाट आत्मरक्षा गर्ने कलात्मक खेल हो, यो खेल सबै नेपाली खेलाडीले सिक्न र सिकाउन जरुरी छ । अन्तर्राष्ट्रिय खेलकुद जगतमा यो खेलले छुट्टै पहिचान बोकेको छ, त्यसैले नेपालमा पनि हाप्किडोको विकास र विस्तार गर्ने उद्देश्यले खेलकुदको राष्ट्रिय संघको रुपमा नै स्थापना गरेको हुँ ।”

काली बहादुर घर्तीमगर (अध्यक्ष नेपाल मार्शल आर्टस हाप्किडो संघ)

स्थापनाको छोटो अवधिमा नै राष्ट्रिय स्तरको विभिन्न खेलकुदको आयोजना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको उक्त संगठनले सन् २०२० जनवरी २५ र २६ मा पोखरामा प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्टस हाप्किडो सेमिनारको आयोजना गर्दैछ ।

अध्यक्ष घर्तीमगरका अनुसार नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार पोखरामा गर्ने निर्णय गरिएको बताउनुभयो । पृथक भौगोलिक विशेषता, प्राकृतिक सुन्दरता र सुविधायुक्त पर्यटकीय नगरीको रुपमा चिनिएको पोखरालाई अझ अन्तर्राष्ट्रिय रुपमा थप परिचित गराउने र नेपालको पर्यटकीय अर्थतन्त्रमा सहयोग पु¥याउने उद्देश्येले पोखरामा उक्त सेमिनार गर्न लागेको उहाँको भनाई छ ।

अर्कोतर्फ यस खालका अन्तर्राष्ट्रिय सेमिनार राजधानीमा मात्र केन्द्रित नगरी राजधानी भन्दा बाहिरका युवा तथा आम जनतामा चेतना र जागरण पैदा गर्ने र खेलप्रति सकारात्मक सोचको विकास गराउने उद्देश्य रहेको बताउनुहुन्छ ।


सेमिनारमा नेपाल सहित २० देखि २५ देशका हाप्किडो ग्राण्डमास्टर, मास्टर, खेलाडी तथा अफिसियलहरुको उपस्थिति रहने छ । यो सेमिनारमा ग्राण्डमास्टर ही क्वान ली (अमेरिका), ग्राण्डमास्टर गेरगार्ड अगरिंज (अस्ट्रिया), जग्राण्डमास्टर डेमिड मोमोट (रसिया), ग्राण्डमास्टर लियोनिड लि (दक्षिण कोरिया), ग्राण्डमास्टर एड्रिन गर्सिया (मेक्सिको), सिनियर मास्टर काली बहादुर घर्ती मगर (नेपाल), बक्सिङका आठौ साफ गोल्ड मेडलिस्ट प्रकाश थापा मगर (नेपाल) ले सेमिनारमा विशेष प्रशिक्षण दिनुहुनेछ ।


विदेशी पाहुनाहरुलाई स्वागत गर्न खेलप्रेमी पोखराबासी उत्साहित भएको सन्दर्भ जोड्दै अध्यक्ष घर्ती मगर भन्नुहुन्छ ः “पोखरा प्राकृतिक सुन्दरता सँगसँगै यहाँका विभिन्न जातीय संस्कार संस्कृतिको धनी शहरको रुपमा परिचित छ त्यसैले उद्घाटनको दिन माघ ११ गते विहान ११ बजे पोखरा रंगशालाको कभर्डहलमा खेलाडी, खेलप्रेमी जनसमुदायको सहभागितामा र विभिन्न जातिको झाँकी सहितको र्यालीले विदेशी पाहुनाहरुलाई स्वागत गर्ने कार्यतालिका रहेको छ । उक्त दिन यहाँहरु सबैको उपस्थिति रहनेमा हामी विश्वस्त छौं ।” सेमिनारको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुने छ । साथै गण्डकी प्रदेशका अन्य मन्त्रीहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थित रहने छ ।


यति ठूलो अन्तर्राष्ट्रिय सेमिनार गर्र्दा व्यवस्थापनमा आइलाग्ने कठिनाइ र चुनौतिको बाबजुत पनि यो सेमिनार भव्य र सभ्य रुपमा सफल हुन्छ भन्नेमा अध्यक्ष घर्तीमगर विश्वस्त हुनुहुन्छ । उहाँको भनाइअनुसार “व्यवस्थापनमा कमजोरी हुनु भनेकै जिम्मेवारीलाई गम्भीरतापूर्वक नलिने र हेलचेक्रयाइ गर्ने हो । जुन कुरा म मात्र होइन हाम्रो टिमको कुनै पनि साथीमा लागु हुँदैन । अर्को कुरा यो सेमिनार हामीले सामूहिक रुपमा गर्दैछौं । यो खेलमा संलग्न खेलाडी तथा पोखरेली आम खेलप्रेमी आमा बुवा, दाजुभाइ, दीदीबहिनीहरूको साथ र सहयोग रहने छ ।”


कुनै पनि ठूला काम गर्न कठिन र चनौती त हुन्छ नै । तर पनि कठिन कामलाई स्वीकार गरेको कारणले नै नेपाल मार्शल आर्टस हाप्किडो संघले छोटो अवधिमा नै धेरै प्रतियोगिता, सेमिनारहरू सफलतापूर्वक आयोजना गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीले विभिन्न पदक प्राप्त गर्न सफल भएकोमा उहाँ खुसी व्यक्त गर्नुहुन्छ ।


खेलकुदलाई कुनै एउटै मात्र परिभाषाले समेट्न सकिदैन । खेलकुद संम्बन्धित देशको नागरिकको स्वास्थ्य, समाज, राष्ट्र, परिवर्तनसँग जोडिएको विषय हो । त्यो देशको राष्ट्रिय विकास र पहिचानसँग जोडिएको विषय हुनाले यो सेमिनार देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने बलियो माध्यम बन्न सक्नेछ भन्ने कुरामा म ढुक्क छु – उहाँ भन्नुहुन्छ, “सेमिनार मार्फत हाप्किडोको विकास र विस्तारलाई निरन्तरता दिँदै हाप्किडो खेल र नेपाललाई विश्वसामु चिनाउनु पनि हाम्रो लक्ष्य रहेकोले हामीले यो सेमिनार फरक ढंगबाट गर्दैछांै । अर्कोतर्फ यति ठुलो सेमिनारमा सहभागी हुन पाउनु नै प्रशिक्षार्थीहरूका लागि सुनौलो अवसर पनि हो ।”


स्थापनाको छोटो अवधिमा नै यो स्तरको कार्यक्रम गर्नसक्नु भनेको आफैमा एउटा गर्वको कुरा हो भने संस्थाका सम्पूर्ण पदाधिकारी तथा खेलाडीहरुको सफलता हो । नेपालमा हाप्किडो खेललाई संस्थागत विकास र विस्तार गर्ने उद्देश्यले नेपाल हाप्किडो संघले विभिन्न ठाउँमा राष्ट्रिय स्तरका कार्यक्रम तथा प्रतियोगिताहरु गरिसकेको छ भने भर्खरै मात्र विभिन्न कालखण्डमा देशको आमूल परिवर्तनका निम्ति बलिदान दिनुभएका सहिदहरूको सम्झानामा २ महिना अघि रोल्पामा बृहत हाप्किडो राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न गरेको छ । यसपछिको अर्को काशेढुंगाको रुपमा योे सेमिनारले स्थापित गर्ने र यही गतिमा जाने हो भने अबको केही समयमा यो खेल नेपालको प्रभावशाली खेलको रुपमा स्थापित हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।


भविष्यमा पनि यसरी नै विभिन्न प्रतियोगिता, सेमिनार गर्दै गाउँ गाउँमा हाप्किडो खेललाई विकास र विस्तार गरी युवा खेलाडीहरूलाई योग्य, सक्षम, सबल, अनुशासित बनाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने र नेपालको शान उँचो बनाउने संस्थाको लक्ष्य रहेको छ ।
हरेक खेलको विकास कुनै पनि ठाउँमा एक दिनमा हुने होइन । लामो समयसम्म धेरैको त्याग, समपर्ण, अनुशासन र मिहेनतले स्थापित हुने हो ।

त्यसैले गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको यो प्रथम अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारमा सम्पूर्ण पोखराबासी दाजुभाइ, दिदी बिहिनी, खेलप्रेमी जनसुमदायको गरिमामय उपस्तिथिको लागि उहाँको आग्रह छ– “यो समयमा सेमिनारलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने र सहयोग गर्ने सबैको समपर्ण, त्याग र सहयोगको अर्थ रहनुका साथै उच्च मुल्याङ्कन हुनेछ ।”

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: