ताजा खबर

पोखरा १६ रञ्जित गाउँमा माघेसक्रान्ति मेलाको तयारी

   २१ पुष २०७६, सोमबार १७:२४      2,015 views

पोखरा महानगर वडा नम्बर १६ स्थित रञ्जित गाउँमा माघे सक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ । विगत ६२ बर्षदेखि आयोजना गरिँदै आएको मााघे सँक्रान्ति मेला मार्फत गाउँमा पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको स्थानीय नौ धारे सिद्धबराह युवा क्बलका अध्यक्ष शम्सेर बहादुर गुरुङले बताए ।

विक्रम संवत २०१३ सालमा छेलो हान्ने प्रतियोगिताबाट शुरु भएको माघे सँक्रान्ति मेलामा यसपटक भलिबल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, छेलो, रसी तान्ने लगायतका प्रतियोगिताहरु आयोजना गरिने भएको छ । पोखरामा सोमबार पत्रकार सम्मेलन गरी गाउँमा पर्यटन प्रवद्र्धन गर्नका लागि मेलालाई भब्य रुपमा मनाउने तयारी गरिएको अध्यक्ष गुरुङले बताए ।


अहिले रञ्जित गाउँमा ७ घर मात्र छन् । मेला हेर्नका लागि बसाई गएका गाउँले मात्र नभई विभिन्न स्थानबाट मानिस आउने उनले बताए । गाउँलेले छाडेका घरहरुलाई उपयोगमा ल्याएर अहिले होमस्टे संचालनको तयारी गरिएको छ । अहिले नै ५० जना सम्म पर्यटक राख्न सकिने र गाउँमा पिकनिक खानका लागि आवश्यक पुर्वाधार रहेको उनको भनाई छ ।


गाउँलेहरु मिलेर अहिले सामुहिक अर्गानिक तरकारी खेति समेत गर्दै आएका छन् । गाउँमै रोजगारीको सिर्जना गर्न र गाउँ छाडेर जानेहरुलाई रोक्नका लागि तरकारी खेति र पर्यटन प्रवद्र्धन गर्न लागेको गुरुङले बताए ।


पोखराबाट आधा घण्टाको बाटोमै पुगिने रञ्जित गाउँको पूर्व उत्तरको कुनामा नौवटा धारा सहित सिद्ध बराह मन्दिर अवस्थित छ । मन्दिरमा पहराको बिचबाट पानी झर्छ । उक्त पानी झर्ने गरी नौवटा धारा बनाइएका छन् । नौवटा धारामा नुहाएर मन्दिरमा पुजा गरेपश्चात तरुल र मासको टिका लगाउने प्रचलन छ । यसो गरेमा मनोकाँक्षा पुरा हुने स्थानीयबासीको विश्वास रहेको गुरुङले बताए ।


गाउँबाट माथी रहेको डाँडाबाट उत्तरतर्फ माछापुच्छ«े अन्नपूर्ण लगायतका हिमश्रृङ्खला देख्न सकिने र दक्षिणतर्फ पोखरा शहरको सुन्दर दृश्य देख्न सकिने उनले बताए ।


रोजगारीको खोजीमा विदेश जाने युवालाई रोक्न गाउँमै तरकारी खेति र पर्यटन प्रवद्र्धन अभियान चलाएको गुरुङले बताए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: