ताजा खबर

छोटा चलचित्र मार्फत गुरुङको कथा गैर गुरुङसम्म पुरयाउने छु : भोजबहादुर गुरुङ

   २१ पुष २०७६, सोमबार १७:५५      1,544 views

रोशनी गुरुङ / सम्पादक

आफनो सारा जीवन गुरुङ चलचित्र र गुरुङ समुदायको संस्कृति दृष्य सामग्री मार्फत संरक्षणका लागि अर्पण गर्दै अविरल रुपमा लागि रहनुभएका कुशल व्यक्तित्व हुन् भोजबहादुर गुरुङ ।

गत भदौ २४ गते पोखरामा सम्पन्न भएको गुरुङ चलचित्रकर्मीहरुको संस्था गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान) को छैठौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएका भोजबहादुर गुरुङ एक जुझारु र गुरुङ चलचित्रकर्मीको हितको निम्ति सधैं चिन्तन मनन गरिहरने व्यक्तित्व हुनुहुन्छ ।


कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङमा बाबा भगतराज गुरुङ र आमाहरु चेतमाया गुरुङ एवम् खिमकुमारी गुरुङको जेष्ठ सुपुत्रका रुपमा जन्मिनु भएका उहाँले पोखराको भद्रकाली मा.वि.बाट एस.एल.सी.सम्मको औपचारिक अध्ययन गर्नुभएको छ ।

यसका साथै चलचित्रका विभिन्न विधा र आयामका विषयमा समय समयमा सञ्चालन हुने थुप्रै खाले तालिम र प्रशिक्षण समेत उहाँले लिनुभएको छ ।


गुरुङ जातिको मौलिक भाषा, भेषभुषा र रहनसहन भएको ताङतिङ गाउँमा जन्मेको एउटा जोशिलो ठिटो गाउँकै रहनसहन र प्रचलनलाई भोग्दै र अनुभव गर्दै हुर्किनुभयो । त्यसैले सानैदेखि उहाँलाई गुरुङ गीतहरुमा नाचगान गर्ने, गुरुङ भाषा र संस्कृतिलाई प्रचार गर्ने काममा रुचि बढ्न थाल्यो ।


समयअघि बढदै जाँदा पोखरालाई कर्मथलो बनाउँदै कला क्षेत्रमै भविष्य खोज्न थाल्नुभएका भोजबहादुर गुरुङले वि.सं. २०५७ सालबाट औपचारिक रुपमा आफूलाई कलाकारिता क्षेत्रमा प्रवेश गराउनुभयो ।

श्यामशुक्ल फिल्मस् प्रा.लि.ले २०५७ सालमा प्रेम मिलन चलचित्र निर्माण गरेपछि उहाँ त्यस चलचित्रमा कलाकारको रुपमा चिनिनुभयो । यस्तै म्हि सैं चलचित्रमा पनि उहाँले कलाकारको रुपमा अभिनय गर्नुभएको छ । त्यसपछि तमू युवा साँस्कृतिक परिवारले निर्माण गरेको चलचित्र ङयोए नास ट्हो मा सह–छायाँङकनको भूमिका निर्वाह गर्नुभयो ।


त्यस यता उहाँले निरन्तररुपमा डाँफे कला मन्दिर पोखरा र परम्परा फिल्मस् प्रा.लि.मा आबद्ध भएर थुप्रै तमू तथा नेपाली चलचित्रहरुमा प्राविधिकको रुपमा काम गर्नुभयो । २०५९ सालमा अभियान फिल्मस प्रा.लि.को व्यानरमा निर्माण भएको नारी प्रधान चलचित्र चोँ मा पनि उहाँले छायाँङकन सम्पादनको रुपमा काम गर्नुभयो ।

त्यसको अलवा उहाँले २०६१ सालमा आफनै निर्देशनमा कहाँ बिसाउ मनको भारी नामक चलचित्र निर्देशन गर्नुभयो । यस्तै २०६३ सालमा सैं न्होर्बै म्रुस्यो, २०६४ सालमा ङै ङ्हो, २०६५ सालमा आक्रोदो चलचित्रको सफल निर्देशन गर्नुभयो ।

यस्तै उहाँले २०६७ सालमा नेपाली चलचित्र साहसीमा निर्माताको रुपमा काम गर्नुभयो । त्यसपछि केही समयको अन्तरालपछि २०७३ सालमा सर्वाधिक सफल चलचित्र मैरिमोको निर्देशन गर्नुभयो । त्यसभन्दा बाहेक उहाँले मितेरी गाउँ नामक वृत्तचित्रको छायाँङकन गर्नुभएको छ ।


२०६५ सालमा गठन भएको गुरुङ चलचित्रकर्मीहरुको साझा संगठन गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान)मा उहाँ संस्थापक कोषाध्यक्षको रुपमा प्रवेश गर्नुभयो ।


त्यसपछि जिफानको चौथो महाधिवेशनबाट उहाँ बजार विभाग प्रमुखमा चयन हुनुभयो भने पाँचौ महाधिवेशनबाट प्रथम उपाध्यक्षमा निर्वाचित हुनुभयो । यसरी क्रमशः गत भदौ २४ गतेको छैठौं राष्ट्रिय महाधिवेशनबाट जिफानकै इतिहासमा पहिलो पटक निर्वाचन मार्फत अत्याधिक मतका साथ अध्यक्षमा निर्वाचित हुनुभयो ।


यसका अलवा उहाँ आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको सदस्य हुनुहुन्छ भने व्यवसायिक रुपमा मुनाल फिल्मस् प्रा.लि., म्याक्स रोधी टिभी, मुनाल रेकर्डिङ स्टुडियो तथा स्ट्रिम नेपाल युटयुव च्यानलको सञ्चालक पनि हुनुहुन्छ ।

जिफानको अध्यक्षमा निर्वाचित भएपछि के के छन् त उहाँको योजना ?

उहाँ गुरुङ चलचित्रले अब नयाँ धार सृजना गर्नुपर्ने र बजार व्यवस्थापनलाई पनि चुस्त बनाउनुपर्नेमा जोड दिनुहुन्छ । वि.सं. २०५२ साल वैशाख २३ गते विधिवत रुपमा दर्ता भई निर्माण सुरुभएको गुरुङ चलचित्र पातेले अब आगामी वैशाख २३ गते २५ वर्ष पुरा गर्दैछ ।

यो बीचमा करिब १ सय ५० वटा गुरुङ चलचित्रहरु निर्माण भएका छन् । यसरी सिङ्गो गुरुङ चलचित्र इतिहासले २५ वर्षको रजत जयन्ती मनाई रहदा जिफान अध्यक्ष लगायत उहाँको टिमले यसमा धेरै हेरफेर सहित आत्मा समिक्ष र चलचित्रकर्मीले आफुले आफैलाई मुल्याङ्कन गर्न जरुरी रहेको महसुश गरेको छ । भने समग्र गुरुङ चलचित्रलाई कुहिरोभित्रबाट कुहिरो बाहिरा ल्याउनका निम्ती प्रयास गर्ने तयारीमा लागेका छन् ।


जुन महसुसलाई मुर्ता रुप दिन जिफानले गत मंसीर २८ गते शनिबार पोखरामा गुरुङ गीत संगीतको विगत र वर्तमान विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

गुरुङ चलचित्रकर्मीले अत्यन्तै महत्वपूर्ण रुपमा लिएको यस कार्यक्रममा कृष्ण गुरुङ, गोविन्द गुरुङ, वेदबहादुर गुरुङ, धनबहादुर गुरुङ र तेजेन्द्र गुरुङले गुरुङ गीत संगीत सृजनामा लागि रहदाको आफनो अनुभव सुनाएका थिए भने कार्यक्रमलाई सञ्चारकर्मी गणेशमान गुरुङले सहजीकरण गर्नुभएको थियो ।


यसरी पहिलो चरणको कार्यक्रमबाट अत्यन्तै उत्साहित भएको जिफानले अब सबै गुरुङ चलचित्रकर्मी कलाकारहरुलाई लक्षित गर्दै आगामी फागुन २२ गतेबाट १२ दिनको चलचित्रमा नयाँ धारसम्बन्धी तालिम सञ्चालन गर्दैछ । जुन तालिममा कुशल प्रशिक्षक अनुप बरालले प्रशिक्षण दिने अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिनुभयो ।


त्यसपछि २०७७ सालमा नयाँ वर्षमा नयाँ कामको सुरुवात गर्ने तयारीमा जुटेको जिफानले वैशाख १२ गतेबाट एक हप्तासम्म निर्माता निर्देशकहरुलाई प्राज्ञिक व्यक्तित्वहरुबाट तातिल दिने भएको छ ।


यसरी यो तालिम सकेपछि ४/५ वटा ग्रुपमा चलचित्रकर्मीहरुलाई विभाजन गरेर हरेक ग्रपुले कम्तिमा १ मिनेटदेखि बढीमा आधा घण्टासम्मको छोटा चलचित्रहरु निर्माण गर्नेछ । यो समुहले करिब १०/१२ वटा जति छोटा चलचित्रहरु निर्माण गरेपछि अर्को वर्ष तिनै चलचित्रहरुको महोत्सव गर्ने जिफानको योजना छ । यो महोत्सवको पहिलो शुरुवात पोखराबाटै गर्ने र यो महोत्सव गैर गुरुङहरुलाई लक्षित गरेर आयोजना गरिने अध्यक्ष गुरुङको भनाई छ ।


उहाँका अनुसार अहिले गुरुङ चलचित्रको व्यापारिक डाटा फेल छ किन भने वि.सं. २०६८ सालको जनगणना अनुसार नेपालमा गुरुङको जनसङख्य ५ लाख २२ हजार ६ सय ४१ रहेको छ । त्यसमध्ये पनि भाषा बोल्ने गुरुङको जनसङख्य ३ लाख २५ हजार ६ सय २२ मात्रै रहेको छ ।


यतिथोरै मान्छेका लागि ४०/५० लाख खर्च गरेर गुरुङ चलचित्र निर्माण गर्दा यसको बजार एकदमै जोखिमपूर्ण रहेकोले पनि अब गुरुङ चलचित्र सबै समुदायको लागि निर्माण गरिनुपर्ने र गुरुङ समुदायको कथाहरु अरु समुदायसम्म लानुपर्ने भन्दै उहाँले गुरुङ चलचित्रको साँघुरो दायार भक्तकाएर अब फराकिलो दायार निर्माण गर्नुपर्नेमा जोड दिँदै आफनै कार्यकालमा यो कामको शुरुवात गर्नका लागि अध्यक्ष भोजबहादुर गुरुङ लगायत उहाँको कार्य समिति दत्तचित्त भएर अगाडी बढेको छ ।

यसरी नयाँ जोस र जाँगर सहित अघि बढेको जिफानको टिमलाई लक्ष्यमा पुग्न अझ उर्जा मिलोस हाम्रो पनि शुभकामना ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: