ताजा खबर

पोखरामा पुस २९ देखी ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता’ हुने

   २४ पुष २०७६, बिहीबार १८:४४      898 views

पोखरामा भ्याली स्पोर्टस् क्लबको आयोजनामा तेस्रो संस्करणको ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता २०७६’ हुने भएको छ ।

पोखरा महानगरपालिका १० रामबजारमा क्रियाशिल क्लबले आगामी (पुस) २९ देखी माघ ४ गते सम्म प्रतियोगिता आयोजना गरिने आज (बिहिबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।


मुल आयोजक समितिका संयोजक विश्व तण्डुकारले रेन्वो एकेडेमी होम्सको खेलमैदानमा पाँच दिनसम्म ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित प्रतियोगिता आयोजना हुने बताए ।


उनले उक्त प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख ५० हजार प्राप्त गर्ने बताए । उनका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७५ हजार प्राप्त गर्नेछ ।


उनले प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडी बन्ने खेलाडीलाई १२ हजार प्रदान गरिने बताउदै सर्वाधिक गोलकर्ता ७ हजारको हकदार बन्ने जानकारी दिए । उनका अनुसार क्लबले टिम दर्ता शुल्क ८ हजार निर्धारण गरेको छ ।


त्यस्तै क्लबका सचिव प्रितम गुरुङले पोखराको उत्कृष्ट मानिने क्लबलाई मात्र पत्राचार गरिएको बताउदै कुल २४ टिमको मात्रै सहभागिता रहने जानकारी दिए । उनका अनुसार ईन्टेक ०६ विग्रेड अफ गोर्खाज युकेको २, आयोजकको २ र स्थानिय क्लबहरुबाट २० गरी कुल २४ टिमले मात्रै प्रतियोगितामा सहभागिता जनाउने छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: