
ङोल्स्यो म्हिथेबा कभर नृत्य प्रतियोगिताको उपाधि भुजुङ यजम्रो डान्स ग्रुप पोखरालाई
ङोल्स्यो म्हिथेबा बोलको गीतमा आयोजना गरिएको भिडियो प्रतियोगिताको उपाधी भुजुङ यजम्रो डान्स ग्रुप पोखराले कूल २ लाख ११ हजार ९ सय ९५ युटयुब दर्शकको भोट सहित जितेको छ ।

गीतमा प्रगती चोक आमा समुह पोखरा २७ रिठेपानीले १ लाख १३ हजार ८ सय १८ दर्शक भोटका साथ द्धितिय हुन सफल भएको छ । प्रथम भएको समुहले ८० हजार नगद पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय भएको समुहले नगद ४० हजार पुरस्कार प्राप्त गर्ने छ ।
स्ट्रिम नेपालको फेसबुक पेज मार्फत आज पोखरामा भएको नतिजा घोषणा कार्यक्रममा सुपर युनिक फिल्मस् प्रा.लि.का निर्देशक प्रेम गुरुङले बिजेता समुहको नाम सहित उनीहरुले प्राप्त गरेको मत सङख्य सार्वजनिक गर्नुभएको थियो । नतिजा घोषणासँगै उहाँले बिजेता समुहलाई बधाई तथा सहभागि समुहलाई धन्यवाद दिनुभयो ।
करिब ६ महिनासम्म स्ट्रिम नेपालको युटयुब च्यानल मार्फत सञ्चालन भएको प्रतियोगितामा कूल ११ वटा समुहले भाग लिएका थिए । गीतलाई हालसम्म ८ लाख ७२ हजार ४ सय ३५ पटक स्ट्रिम नेपालको युटयुब च्यानल मार्फत हेएिको छ ।
सुपर युनिक फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको गीत गायक तथा नृत्य निर्देशक राजबहादुर गुरुङको पहिलो गीति कोसेली हो ।
राजबहादुर गुरुङ र मिलन नेवारको स्वर रहेको गीतमा बेलायत निवासी के.बि. गुरुङको शब्द र मनोज गुरुङको संगीत रहेको छ भने तेजेन्द्र गुरुङले म्युजिक एरेन्ज गर्नुभएको छ ।
बिजेता समुहलाई आगामी माघ २६ गते लमजुङको डडुवा दुर्छा तमू समाज पोखरा १० जनप्रियटोलमा एक भव्य कार्यक्रमका बीच पुरस्कार वितरण गरिने गायक राजबहादुर गुरुङले जानकारी दिनुभयो ।
बिजेता समुहले नगद ८० हजार र उप–बिजेता समुहले नगद ४० हजार पुरस्कार प्राप्त गर्नेछ ।
आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले…
अझै पढ्नुहोस्Follow Us

एमाले गण्डकीको संचारकर्मीसंग नेकपा (एमाले) कार्यक्रम सम्पन्न
४ आश्विन २०८०, बिहीबार १२:३६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38